आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

कांग्रेस नेता मिनेन्द्र रिजालले पाएनन् टिकट

कांग्रेस नेता मिनेन्द्र रिजालले पाएनन् टिकट

काठमाडौँ २३ असोज । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजाल प्रतिनिधिसभा सदस्यको टिकट पाउनबाट वञ्चित भएका छन् । यसअघि मोरङको निर्वाचन क्षेत्र नं। २ बाट उम्मेदवारी दिएर जितेका नेता रिजाललाई यसपल्ट भने पार्टीले टिकट नदिएको हो ।

यसअघि उनी उठेको क्षेत्रमा अहिले कांग्रेसले नेतृ सुजाता कोइरालालाई टिकट दिएको छ । मोरङका जम्मा ६ निर्वाचन क्षेत्रमध्ये १‚ २‚ ३ र ६ गरी ४ वटा क्षेत्र कांग्रेसले पाएको थियो ।

त्यसमध्ये १ मा डिकबहादुर लिम्बू‚ २ मा सुजाता कोइराला‚ ३ मा सुनील शर्मा र ६ मा शेखर कोइरालाले टिकट पाएका छन् । विराटनगर कोइराला समूहको प्रभाव क्षेत्र हो । टिकट पाउने चारै जना कोइराला समूहका नेता हुन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend