आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

नेपाली जनता दल अहिले ७ वटै प्रदेशमा विस्तारित रुपमा फैलिएको छः अध्यक्ष साह

नेपाली जनता दल अहिले ७ वटै प्रदेशमा विस्तारित रुपमा फैलिएको छः अध्यक्ष साह

काठमाडौं १३ असोज । नेपाली जनता दलका अध्यक्ष हरिचरण साहले राष्ट्रपति कार्यालय विवादमा परेको र यो विवादलाई राजनीतिक समाधानतर्फ लग्नुुपर्ने बताएका छन् । साहले नागरिकता विधेयक गठबन्धन सरकारले ल्याएर तत्कालिन सरकारको टाउकोमा हिर्काएको बताएका छन् ।

पूर्व सांसदसमेत रहेका अध्यक्ष साहले अध्यादेशबाट केपी शर्मा ओलीले ल्याएकै नागरिकता विधेयक देउवा सरकारले ल्याएको बताएका हुन् ।

‘जिसकी जुुत्ति उसके सरपे, जसको जुुत्ता थ्यो उसैको टाउकोमा हिर्काइदियो । यी पार्टीहरुले भोटको राजनीति गरे’, नेता शाहले भने, ‘राजा ज्ञानेन्द्रको बुुहारी हिमानी शाहको नागरिकता कहाँ छ त ?’ अनावश्यक विवादको साटो नेपाल र भारतबीचको अन्यायोश्रीत सम्बन्ध रहेकाले कुनै देशको नारीले विवाहपश्चात सो देशको नागरिकता त्यागेमा नेपाली नागरिकता दिनुुपर्ने उनको भनाई छ ।

फरक प्रसंगमा अध्यक्ष साहले नेपाली जनता दल चुुनावी खर्च कम गर्न पूूर्ण समानुुपातिक प्रणाली लागूू गर्नुुपर्ने बताए । ‘मेचीदेखि महाकालीसम्म हरेक नेपाली जनता ब्राहामणदेखि सार्कीसम्म सबैलाई एउटै जाति नेपाली बनाउन पार्टीको विचारले चुुनाव लड्नुुपर्छ’, उनले भने ‘हामी सामाजिक न्यायको लडाईं लड्छौ ।’ नेपाली जनता दल अहिले ७ वटै प्रदेशमा विस्तारित रुपमा फैलिएको उनले बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend