आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

कन्सल्टेन्सीमा देखिएका विकृति अन्त्य गर्ने स्टडी हब ग्लोवल एजुकेशन एण्ड भिसा सर्भिसेजको दाबी

कन्सल्टेन्सीमा देखिएका विकृति अन्त्य गर्ने स्टडी हब ग्लोवल एजुकेशन एण्ड भिसा सर्भिसेजको दाबी

काठमाडौं १२ असोज। चावहिल काठमाडौंमा स्टडी हव ग्लोवल एजुकेशन एण्ड भिसा सर्भिसेज सञ्चालनमा आएको छ ।
विदेश अध्ययन गर्न जाने विद्यार्थीलाई लक्षित गरेर सञ्चालनमा ल्याइएको यसले विद्यार्थीलाई बाहिर पठाउने मात्र नभई आवश्यक सल्लाह र परामर्श पनि दिने फाउण्डर डाइरेक्टर विजेन्द्रसिंह विष्टले बताए । २०६४ सालबाट सञ्चालनमा आएको स्टडी हव ग्लोवल एजुकेशन एण्ड भिसा सर्भिसेजले विशेष गरी अष्ट्रेलिया पठाउँदै आएको छ । ‘अरु कन्सल्टेन्सीभन्दा हामी केही फरक छौं, अरुले बाहिरमात्र पठाउँछन् तर हामी भनें विद्यार्थीलाई के कस्तो सम्भावना छ भनेर त्यहाँ पनि खोजी गर्छौं र उपयुक्त अवसर दिन्छौं’ विष्टले भने ‘हामी अरुसँग प्रतिस्पर्धा गर्ने होइनौं, आफ्नो गुणस्तरीयता देखाएर विद्यार्थी र अभिभावकको विश्वास जितेर काम गर्छौं ।’
चावहिलको गणेशस्थानमा रहेको स्टडी हव ग्लोवल एजुकेशन एण्ड भिसा सर्भिसेजले यूके, क्यानडा र अमेरिकाको काम पनि गर्ने तयारी गरेको छ । नेपाल डाइरेक्टर वलदेव राउतले पछिल्लो समयमा स्टडी हव ग्लोवल एजुकेशन एण्ड भिसा सर्भिसेजले सबैको मन जितेको दाबी गरे । ‘हामी अष्ट्रेलिया नै बसेर, जानेर बुझेर आएका छौं त्यसैले पनि हामीले दिएको परामर्श बढी विश्वसनीय हुन्छ भन्ने विद्यार्थीको पनि बुझाई छ’ राउतले भने ‘ हाम्रो कार्यालय अष्ट्रेलिया पनि भएकाले कुनै विद्यार्थीलाई कहिले पनि समस्या परेको छैन, यो हाम्रो सबैभन्दा राम्रो पाटो हो ।’ राउतले कन्सल्टेन्सी क्षेत्रमा भएको विकृति र विसंगतिलाई अन्त्य गर्ने योजना पनि आफूहरुसँग भएको जनाएका छन् । कन्सल्टेन्सीका सल्लाहकार कृष्णबहादुर राउतले विद्यार्थीको सही गन्तव्य आफूहरुको कन्सल्टेन्सी बन्ने बताए ।
ललितपुरको मानभवनबाट सुरु भएको यो स्टडी हव ग्लोवल एजुकेशन एण्ड भिसा सर्भिसेज त्यसपछि काठमाडौंको विशालनगरमा रहेको थियो भनें अहिले भर्खरैमात्र यहाँबाट सेवा सुरु गरेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend