आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

एकैदिन काठमाडौंबाट ट्राफिक नियम उल्लङ्घन गर्ने करिब ३३ सय चालक कारबाहीमा

एकैदिन काठमाडौंबाट ट्राफिक नियम उल्लङ्घन गर्ने करिब ३३ सय चालक कारबाहीमा

काठमाडौं १० असोज । आइतबार ट्राफिक नियम उल्लङ्घन गर्ने करिब ३३ सय चालक कारबाहीमा परेका छन्। काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ट्राफिक प्रहरीले तीन हजार २९६ जना चालकहरूलाई हिजो कारबाही गरेको हो।

जसमा फुटपाथमा पार्किङ गर्ने २८० जना, हर्नको अनावश्यक प्रयोग गर्ने १५० जना, मदिरा पिएर सवारी साधन चलाउने १४४ जना, ढोका खुल्लै राखेर सवारी चलाउँदै गरेका १०९ जना छन्।

यस्तै तीव्र गतिमा सवारी साधन चलाउने ९८ जना, सडक लेन उल्लङ्घन गर्ने ८१ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ६९ जना पनि कारबाहीमा परेका छन्।

अवस्था ठिक नभएका सवारी साधन चलाउने ६८ जना, एकतर्फी सडकमा सो विपरित चलाउने ५० जना र क्षमता भन्दा बढी यात्रु राख्ने २५ जना चालकहरूलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend