आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

गठबन्धन दलका तीन नेताबीच छुट्टै छलफल

गठबन्धन दलका तीन नेताबीच छुट्टै छलफल

काठमाडौं ७ असोज । गठबन्धन दलका तीन नेताबीच छुट्टै छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा पाँच दलीय गठबन्धनको बैठक बस्नुअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच शुक्रवार छुट्टै छलफल भएको हो ।

तीन नेताबीच छलफल भएको जसपा स्रोतले पुष्टि गर्‍यो । छलफलमा सिट बाँडफाँटकै विषयमा छलफल भएको थियो । नेपाली कांग्रेसमाथि दबाब सृजना गर्ने तीन नेताले छुट्टै छलफल गरेका हुन् ।

यसैबीच, सिट बाँडफाँटको विषयलाई लिएर गठबन्धनको बैठक बालुवाटारमा बसिरहेको छ । आज(भोलिमै सहमति गर्नेगरी छलफल भइरहेको स्रोतले बतायो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend