सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सुमेरु सहकारीको २२औं साधारणसभा सम्पन्न , १८% लाभांश प्रस्ताव पारित

सुमेरु सहकारीको २२औं साधारणसभा सम्पन्न , १८% लाभांश प्रस्ताव पारित

काठमाडौं ,५ असोज । सुमेरु बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २२औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। संस्थाका अध्यक्ष हेमराज दाहालको सभापतित्व र राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबि उप्रेतीको प्रमुख आतिथ्यतामा उक्त साधारणसभा सम्पन्न भएको हो।

साधारणसभाले आ.व.२०७८/०७९ को संचित मुनाफाबाट शेयर सदस्यहरुलाई १८% नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ।

कार्यक्रममा सुमेरु ग्रुप अन्तर्गतको सुमेरु अस्पतालमा कार्यरत डा सरिशा श्रेष्ठलाई विशेष सम्मान गरिएको थियोे । डा सरिशा मिस नेपाल अर्थ २०२२ कि शिर्षक उपाधी विजेता ,चिकित्सा शास्त्र अन्तर्गत प्याथोलोजीमा स्वर्ण पदक प्राप्तकर्ता र नेपाललाई साहसिक पर्यटन केन्द्रको रुपमा प्रवर्द्धन गर्न १९०० मिटरमा छायांकन गरिएको म्युजिक भिडियोमा अभिनय गरेर विश्व रेकर्ड राख्न सफल मोडेल समेत हुन। त्यस्तै प्रा डा जगदीश वैद्यलाई रक्तदान लगायत सामाजिक कार्यमा गरेका योगदानको लागि सम्मान गरियो।

सभाका प्रमुख अतिथी केबि उप्रेतीले कोभिड-१९ र अन्य कारणले समग्र राज्य र बैंक , वित्तीय संस्थाहरु विगत २ वर्षदेखि आर्थिक मन्दिको संकटमा रहदा पनि यस सहकारीले सदस्यहरुबिच विश्वसनीयता कायम राख्न सफल भएकोमा प्रसंशा गरे।

साधारणसभाले संचालक समितिको तर्फबाट प्रस्तुत अध्यक्षको प्रतिवेदन , लेखापरीक्षण प्रतिवेदन , वासलात र नगदप्रवाह विवरण लगायतका वित्तीय विवरण छलफल र सुझावसहित पारित गरेको छ।

शेयर पूंजी रु ४६ करोड ६५ लाख र कुल सम्पत्ति रु १० अर्व १३ करोड ४७ लाख रहेको सहकारीले समिक्षा आ.व.मा रु १५ करोड खुद नाफा गरेको अध्यक्षको प्रतिवेदनमा जनाइएको छ।

सुमेरु सहकारीको ब्रान्ड एम्बेस्डरको रूपमा कलाकार किरण केसि पनि सभामा उपस्थित थिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend