सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

लक्ष्मीनारायण सहकारीको १५औं साधारणसभा सम्पन्न ,१५% लाभांश पारित

लक्ष्मीनारायण सहकारीको १५औं साधारणसभा सम्पन्न ,१५% लाभांश पारित

काठमाडौं ,५ असोज । लक्ष्मीनारायण सहकारी संस्था लिमिटेडले आफ्नो १५औं वार्षिक साधारणसभा असोज ३ गते ,सोमबार सम्पन्न गरेको छ। संस्थाका अध्यक्ष शंकर थापाको सभापतित्व र कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो।

उक्त साधारणसभाले आ.व.२०७८/०७९ को संचित मुनाफाबाट शेयर सदस्यहरुलाई १५% नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ।

सभाले वर्तमान अध्यक्ष शंकर थापालाई सर्वसम्मतले पुनः अध्यक्ष निर्वाचित गरेको छ। उपाध्यक्षमा राजु प्रसाद अधिकारी ,सचिव पुण्करराज नेपाल ,कोषाध्यक्ष नारायण प्रसाद फुयाँल सहितका सबै संचालक र लेखा समिति सदस्यहरु निर्विरोध चयन भएका हुन। नयाँ संचालक समितिको कार्यकाल ४ वर्षको रहनेछ ।

साधारणसभाले संचालक समितिको तर्फबाट प्रस्तुत अध्यक्षको प्रतिवेदन ,लेखापरीक्षण प्रतिवेदन ,वासलात र नगदप्रवाह विवरणहरु छलफल र सुझावसहित पारित गरेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend