सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

यो देशलाई बचाउँन युवाहरु अघि सर्नु पर्छ

यो देशलाई बचाउँन युवाहरु अघि सर्नु पर्छ

डा डी आर उपाध्याय

आज युवाहरु राजनीतिमा सक्रिय हुदै छन । देशको अबस्था नाजुक छ । यो कुरा बुझेर पनि युवाहरु सक्रिय हुनु स्वभाविक हो । देश र जनताको भाग्य र भबिश्य निर्माणका लागी युवाहरु जुटनु आजको आवश्यकता हो । युवाहरु जुटनै पर्छ । देश बनाउनका लागी आगामी निर्वाचनमा युवाले जितेर आउनु पर्छ । यो अहिलेको समयको माग हो । पुराना नेताहरुलाई मतदाताले स सम्मान बिदाई गर्नु पर्छ । पुराना नेताबाट अब मुलुकले निकास पाउदैन । यो कुरा सबैले बुझि सकेका छन । राष्ट्रको भविष्य निर्माण गर्ने भनेको अब युवाहरुले हो । युवा बिना अब मुलुक बन्दैन । युवा नेताहरु अब अग्रसर हुनु पर्छ । आज देश बर्वादीको दिशा तर्फ उन्मुख छ । यो देशलाई बचाउँन युवाहरु अघि सर्नु पर्छ । बिभिन्न राजनीतिक दलका युवा नेताहरु अघि नबढे सम्म देश बन्दैन । यो कुरा सबैले बुझन जरुरी छ । आज देशमा राजनीतिक बातावरण बिग्रदै गएको अबस्था छ । देशको राजनीतिक अबस्थालाई सहि ठाउँमा ल्याउन युवा शक्ति एक जुट हुनु पर्छ । आज हामीले जे देखि रहेका छौं , खासै सन्तोष गर्ने ठाउँ छैन । २०६२÷६३ सालको जनआन्दोलनमा युवाहरुको महत्वपूर्ण भूमिका रहेको थियो । युवाहरु राजनीतिमा सक्रिय नभएको भए परिवर्तन सम्भव थिएन । नेपाली राजनीतिले मुलुकमा बेला बेलामा ठूलो उथल पुथल ल्याएको छ । आन्दोलन र क्रान्ति युवाहरुले नै गरेका हुन । आन्दोलन सफल बनाउन युवाहरुको भूमिका छ । वास्तवमा युवाहरु आन्दोलनमा अघि नबढेको भए आज परिवर्तन हुने थिएन, यो कुरा सबैले बुझनु पर्छ । युवा भनेको देशको कर्णधार हुन । अब युवाले जे चाहायो त्यो हुन्छ । विश्वको कुनै पनि परिवर्तन युवाकै क्रियाशीलता र सहभागिताबाट भएका देखिन्छ । युवाको मर्म युवाले नै बुभ्mन सक्नु पर्छ । आज युवाशक्ति कमजोर हुँदा देश कमजोर बनेको छ । अब मंसिर ४ गते हुँदै गरेको आवधिक निर्वाचनमा असल काम गर्नेलाई आप्mनो मतदान गरी युवामैत्री सरकार बनाउनसक्नु पर्छ र सत्ता स्वार्थप्रेरित राजनीतिलाई लोककल्याणकारी राजनीतिमा रूपान्तरण गर्न सक्नु पर्छ । यसो गर्न सक्यौं भने मात्र हामी नयाँ आर्थिक समृद्धिमा जान सक्छौं । अहिले, राजनीतिमा लागेका युवाले देश र जनताका लागी केही सोच्नु पर्छ । देशको भविष्य बारेमा युवाहरुले मार्ग चित्र कोर्नु पर्छ । नेपालमा युवाले समाज परिवर्तनको रेखा कोर्नु पर्छ । युवाहरु माथि सबैको भरोसा बढेर गएको छ । विश्वको कुनै पनि परिवर्तन युवाकै क्रियाशीलता र सहभागिताबाट भएको पाइन्छ । राजनीतिक व्यवस्थाले युवालाई अघि बढन अग्रसर गरेको छ । राजनीति अब युवाहरुको हातमा जानु पर्छ । राजनीतिमा युवाको सक्रिय नेतृत्व आजको आबश्यकता हो । यो विषयलाई अब व्यापक छलफलमा ल्याउनु पर्छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend