सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

म्हेपी सहकारीको २६औं साधारणसभा सम्पन्न , १२% लाभांश पारित

म्हेपी सहकारीको २६औं साधारणसभा सम्पन्न , १२% लाभांश पारित

काठमाडौं ,४ असोज । म्हेपी बचत तथा ऋण सहकारी संस्थाले २६औं साधारणसभा सम्पन्न गर्दै शेयर सदस्यहरुलाई आ.व.२०७८/०७९ को संचित मुनाफाबाट १२% नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ।

संस्थाका अध्यक्ष नारायण बहादुर श्रेष्ठको सभापतित्व र नेफ्स्कुनका अध्यक्ष परितोष पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभाले संचालक समितिको तर्फबाट प्रस्तुत गरिएको अध्यक्षको प्रतिवेदन ,लेखापरीक्षकको प्रतिवेदन ,वासलात र नगद्प्रवाह विवरण लगायतका वित्तीय विवरण छलफल र सुझाव सहित पारित गरेको छ।

कार्यक्रममा सदस्यहरु मध्यबाट जेष्ठ नागरिक सम्मान ,असल ऋणि र नियमित वचतकर्ता सम्मान समेत गरिएको थियोे ।

सभामा प्रमुख अतिथि पौडेलले भविण्यको समाज नगदरहित डिजिटल मुद्रातर्फ उन्मुख रहेकोले प्रविधि प्रयोग र सदस्यहरुलाई पनि सोही अनुसारको वित्तीय साक्षरता प्रदान गर्नेतर्फ सहकारीले ध्यान दिनुपर्ने बताए ।

शेयरपूंजी रु २ करोड १ लाख रहेको यस सहकारीले यस आ.व.मा रु १३ करोड ११लाख कर्जा प्रवाह गरि रु ७८ लाख ३५ हजार खुद नाफा कायम गरेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend