सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

पाबसा सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

पाबसा सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

काठमाडौं ,४ असोज। पाबसा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो पन्ध्रौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ।

संस्थाका अध्यक्ष सरोजकुमार पौड्यालको सभापतित्वमा सम्पन्न साधारणसभामा विशेष अतिथि जापानी नागरिक खाचुको ओकादा ,अतिथिहरुमा राष्ट्रिय सहकारी बैंक नारायणगोपाल चोकका शाखा प्रमुख सिद्धि श्रेष्ठ ,नेफ्स्कुनका चाबहिल शाखाका इन्चार्ज राधा पोखरेल लगायतको उपस्थिति रहेको थियो । खाचुको ओकादाबाट यस संस्थामार्फत काठमाडौं ,मकवानपुर र नुवाकोट जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थिहरुलाई प्रत्येक वर्ष क्षात्रवृत्ती प्रदान गरिन्छ।

साधारणसभाले संचालक समितिको तर्फबाट प्रस्तुत अध्यक्षको प्रतिवेदन ,लेखापरीक्षकको प्रतिवेदन ,वासलात,आय(व्यय तथा नगद्प्रवाह विवरण छलफल र सुझावसहित पारित गरेको छ।

कार्यक्रममा संस्थाका सदस्यका सन्तान मध्यबाट विभिन्न तहमा अध्ययनरत रहेका उत्कृष्ट विद्यार्थी सम्मान ,जेष्ठ सदस्य सम्मान ,असल सदस्य सम्मान र पुरस्कार प्रदान गरियो।

शेयर पूंजी रु ७ करोड ६३ लाख रहेको सहकारीले यस आ.व.मा रु ६६ करोड ८० लाख निक्षेप संकलन र रु ७१ करोड २० लाख कर्जा लगानी गरि रु १२ करोड ३५ लाख भन्दा बढी आम्दानी गरेको छ। संस्थाको खुद नाफा रु २ करोड ९६ लाख रहेको छ।

आर्थिक वर्ष २०७८/०७९ मा यस सहकारीले शेयर सदस्य हरुलाई १६% लाभांश प्रदान गरेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend