सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

पाणिनि सहकारीको चौधौं साधारणसभा सम्पन्न

पाणिनि सहकारीको चौधौं साधारणसभा सम्पन्न

काठमाडौं २असोज । पाणिनि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको चौधौं वार्षिक साधारणसभा सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष शेष नारायण पोखरेलको अध्यक्षतामा सम्पन्न साधारणसभाले संचालक समितिको तर्फबाट प्रस्तुत गरिएको अध्यक्षको प्रतिवेदन छलफल र सुझाव सहित पारित गरेको छ। साथै लेखापरीक्षण प्रतिवेदन ,नाफा(नोक्सान हिसाब र नगदप्रवाह विवरण पनि सभाले पारित गरेको छ।

सवा ३० करोड सम्पति र १३९५ भन्दा बढी शेयर सदस्य रहेको सहकारीले यसवर्ष खुद नाफामा १४ प्रतिशत वृद्धि गरि रु५७ लाख ५२ हजार पुर्याउन सफल भएको छ।

संस्थाले आफ्नो कार्यक्षेत्र चन्द्रागिरी नगरपालिकाबाट विस्तार गर्दै काठमाडौं महानगरपालिकासम्म पुर्याएको छ। आगामी दिनमा प्रविधिको प्रयोग र विस्तारमा जोड दिदै संस्थाको सूचना प्रणालीलाई आधुनिक र व्यवस्थित बनाउने अध्यक्ष पोखेलले सभामा बताएका छन।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend