काठमाडौं २ असोज । दरवार स्क्वायर बहु(उद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो चौधौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ।
क्षेत्रपाटिस्थित क्षेत्रपाटि पार्टी प्यालेसमा सम्पन्न साधारणसभाले संस्थाका अध्यक्ष सुरेश लाल शाक्यलाई पुनः अध्यक्ष चयन गरेको छ। सभाले उपाध्यक्षमा रामेश्वर राजभण्डारी ,लेखा समिति संयोजकमा अमीरकृष्ण न्हुछे प्रधान लगायतका सबै पदाधिकारी सर्वसम्मतले चयन गरेको हो।
उक्त साधारणसभाले संचालक समितिको तर्फबाट प्रस्तावित अध्यक्षको प्रतिवेदन ,लेखापरीक्षण प्रतिवेदन ,नाफा(नोक्सान हिसाब र नगदप्रवाह विवरण छलफल र सुझावसहित पारित गरेको छ।
गत वर्षको मुनाफाबाट शेयर धनीहरुलाई लाई चुक्ता पूंजीको १५% लाभांश दिने प्रस्ताव सभाबाट पारित भएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend