काठमाडौँ,३० भाद्र । आगामी असोज १ गते काठमाडौं लगायत देशका विभिन्न सहरमा बृहत् रक्तदान कार्यक्रम हुने भएको छ।
तेरापंथ युवक परिषद् काठमाडौँले मेगा ब्लड डोनेसन ड्राइभ आयोजना गर्न लागेको हो। त्यसका लागि काठमाडौँ, ललितपुर र कीर्तिपुरमा ७ वटा क्याम्प रहने छ। १८–२० वटा क्याम्प देशका विभिन्न ९ सहरहरूमा लगाइने परिषद्ले जनाएको छ।
परिषद्का अनुसार उपत्यका बाहिर वीरगञ्ज, विराटनगर, धुलाबारी, भैरहवा, धरान र राजविराजमा क्याम्प रहने छ। परिषद् अध्यक्ष कैलाश नौलखाले१२ सय देखि १५ सय युनिट रगत संकलन गर्ने लक्ष्य रहेको बताए।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend