आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

सांसद उमाशंकर अरगरिया एमाले प्रवेश गर्दै

सांसद उमाशंकर अरगरिया एमाले प्रवेश गर्दै

काठमाडौं ३० भदौ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसद उमाशंकर अरगरिया एमाले प्रवेश गर्ने भएका छन् ।

धनुषा २ बाट चुनाव जितेका अरगरियालाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रवेश गराउने भएका छन् । ‘असोज ८ गते एमाले प्रवेश गर्ने कार्यक्रम छ, केपी ओलीले नै उहाँलाई प्रवेश गराउनुहुनेछ’, अरगरिया निकट स्रोतले भन्यो ।

०७४ को चुनाव अरगरियाले तत्कालीन समाजवादी पार्टी, नेपालबाट जितेका थिए । तर राष्ट्रिय जनता पार्टी (राजपा) सँग एकता गरी बनेको जनता समाजवादी पार्टी (जसपा) विभाजन हुँदा भने उनले लोसपा रोजेका थिए । लोसपाले अरगरियालाई सचेतकको जिम्मेवारी दिएको छ । अनलाइनखबरबाट

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend