काठमाडौं २९ भदौं। नेपाल उद्योग व्यापार महासंघको प्रथम महाधिवेशन भदौ ३० गते काठमाडौंमा हुने भएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै महासंघले महाधिवेशन गर्न लागेको जानकारी दिएको हो ।
नयाँ बानेश्वर स्थित होटेल एभरेस्टमा हुने अधिवेशनमा पुर्वप्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रमुख अतिथि रहनेछन।
कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष श्याम बहादुर पाठकले उक्त महाधिवेशनले नकारात्मक अवस्थामा रहेको मुलुकको अर्थतन्त्रको सुधारका लागि थप सहयोग पुर्याउने बताए ।
साथै उनले उत्पादनका क्षेत्रमा राज्यको ध्यान नपुगेको बताए । उनले भने, ‘नेपाल उत्पादनको क्षेत्रमा धेरै सम्भावना भएको देश हो । विश्वका धनी व्यक्तिको दाँजोमा पुग्ने स्रोत र साधनहरु मुलुकमा छन् । सरकारले उत्पादनका क्षेत्रमा आवश्यकता अनुसारको नीति नियम बनाउन सकेन ।’
सरकारको नीतिका कारण नेपालको लगानी अनुत्पादन क्षेत्रमा गइरहेको उनको भनाई छ । अध्यक्ष पाठकले भने, ‘सरकारले उत्पादनमा जोड दिने भनेको छ । तर, नेपाल पैसा भने अनुत्पादक क्षेत्रमा बढि गएको छ । केही पैसा पनि सिमित घराना व्यक्तिको हातमा छ ।’ कार्यक्रममा देशभरका करिब ७५० प्रतिष्ठित उद्योगी तथा व्यवसायीहरुको उपस्थिति रहनेछ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend