काठमाण्डौ , १६ भाद्र । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरी खतिवडाले रुखमा छाप लगाएर नेपाली कांग्रेसलाई जिताउनु पर्ने बताएका छन ।
नेपाली काङ्ग्रेस सुनकोशी गाउँपालिकाद्वारा हिजो आयोजित जनताको साथमा नेपाली काङ्ग्रेस अभियानको क्रममा बोल्दै खतिवडाले यस्तो बताएका हुन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद खतिवडाले काङ्ग्रेसको टिकट स्वाभाविक रुपमा यसले पाए हुन्थ्यो, उसले पाए हुन्थ्यो भनेर सुभचिन्तकले आफ्नो नेताको बारेमा लाग्नु सामान्य रहेको तर टिकट फाइनल भै सकेपछी सबै साथिहरु काङ्ग्रेस जिताउन लाग्नु पर्ने धारणा ब्यक्त गरेका थिए ।
काङ्ग्रेसको निति, कार्यक्रमलाई जनताहरु माझ पुर्याउनलाई गठबन्धन गर्नुपर्ने बताउदै उनले कसैले कसैलाई मन नपाराउन सक्छ त्यसैले मुख होइन रुख हेरेर मतदान गर्न अनुरोध गरेका थिए
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend