समिर भण्डारी, काठमाडौं १६ भदौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा व्याप्त बेथिति ,विसङ्गति र विदेशी चलखेलको अन्त्यको लागी आगामी चुनावबाट अहिलेका ठुला पार्टीला विदाई गर्नुपर्ने बताएका छन। नेपाल विद्युत प्राधिकरणका कर्मचारी कल्याण परिषदको पच्चिसौँ वार्षिकोत्सब समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन।
मंसिर ४ गते हुने निर्वाचन केवल कुनै पार्टीको हार र जितको प्रश्न मात्रै होईन ,नेपालको निर्णयकत्व नेपाली जनताको हातमा फिर्ता ल्याउने अवसर पनि होू उनले भने,देश जोगाउन ठुला पार्टीका बाकस खाली पार्नैपर्छ ।
परिषदका अध्यक्ष श्रीप्रसाद आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्राधिकरणका निर्देशक कुलमान घिसिङले देश विद्युतमा आत्मनिर्भर भएको र आगामी ५,१० वर्षमा विद्युत व्यापारबाट राम्रो आम्दानी लिन सकिने बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend