सिन्धुली १५ भाद्र । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य, सिन्धुलीका जिल्ला संयोजकसहितका केही नेताहरू एमालेमा प्रवेश गरेका छन् ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य मिथुला फुयाल, सिन्धुली जिल्ला संयोजक रामकुमार पौडल, माओवादी केन्द्रका मरिण गाउँकमिटी अध्यक्ष गोपाल बुढाथोकी, जिल्ला समन्वय समिति सदस्य युवराज श्रेष्ठलगाएतले पार्टी परित्याग गरि एमालेमा प्रवेश गरेका हुन् ।
नेकपा (एमाले) सिन्धुली जिल्ला कमिटीले मरिण गाउँपालिका–४ साहानमा आयोजना गरेको जनसभा कार्यक्रम एमालेका महासचिव शंकर पोखरेलले उनीहरूलाई पार्टी प्रवेश गराएका हुन । २०७९ बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारहरूविरूद्व गतिविधि गरेको आरोपमा जिल्ला संयोजक राम कुमार पौडेल, मरिण गाउँ कमिटी अध्यक्ष गोपाल बुढाथोकी लगाएतलाई माओवादी केन्द्रले कार्वाही गरेर पदबाट हटाएको थियो ।
पार्टी प्रवेश गर्दै राम कुमार पौडेलले माओवादी केन्द्रको थिचोमिचो सहन नसकेर पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेको बताए । एमाले प्रवेश गरेका पौडेल, बुढाथोकी पहिला जनमोर्चा रहेका थिए । जनमोर्चा र माओवादी केन्द्र एकता भएपछि उनीहरु माओवादी केन्द्रमा आएका थिए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend