चितवन १५ भदौं । नारायणगढ मुग्लिन सडक ६ घन्टापछि सञ्चालनमा आएको छ। पहिरोले खसेर राति साढे दुई बजेदेखि अवरुद्ध भएको सडक बिहान साढे आठबजेबाट सञ्चालनमा आएको हो।
भरतपुर महानगरपालिका २९ केराबारीमा पहिरो खसेर दुइतर्फी बाटो बन्द भएको थियो। पहिरो पन्छाएर दुइतर्फी सवारी सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरि अधिकारीले बताए। साढे आठ बजे पहिरो पन्छाएपछि दुबै तर्फी बाटो सुचारु भएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend