आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

एमाले अध्यक्ष ओली आज सुदूरपश्चिम जाने

एमाले अध्यक्ष ओली आज सुदूरपश्चिम जाने

फाइल तस्बिर

काठमाण्डौं १५ भदौ । नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओली आज (बुधबार) सुदूरपश्चिम जाने भएका छन्। कञ्चनपुरको महेन्द्रनगरमा आयोजना हुने ‘बृहत् जनसभा तथा पार्टी प्रवेश कार्यक्रम’लाई सम्बोधन गर्न ओली त्यता जान लागेका हुन्।

एकीकृत समाजवादी पार्टीकी प्रतिनिधि सभा सदस्य विना बुढाथोकी, सुदूरपश्चिम प्रदेशसभा सदस्य तारा लामा तामाङ, समाजवादीका सुदूरपश्चिम प्रदेश कमिटीका पूर्व अध्यक्ष बिक्रमबहादुर शाही, वेदकोट नगरपालिकाका पूर्वमेयर समेत रहेका समाजवादीका जिल्ला उपाध्यक्ष अशोक कुमार चन्दसहितका नेता कार्यकर्ता एमालेमा प्रवेश गर्न लागेका छन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend