सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

मुक्तिनाथ कृषि कम्पनीको आठ सहायक कम्पनी थपिए

मुक्तिनाथ कृषि कम्पनीको आठ सहायक कम्पनी थपिए

 

काठमाडौं १४ भदौ । आफ्नो चौंथो स्थापना दिवसको अवसरमा मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले  आठ सहायक पब्लिक कम्पनीहरु थपेको छ । कृषि क्षेत्रमा विशिष्टकृत वस्तु तथा सेवाहरु उपलब्ध गराउने लक्ष्यसहित स्थापना गरिएको कार्यक्रममा जानकारी दिइयो ।

कम्पनीले एकैपटक स्थापना गरेका सहायक कम्पनीहरुमा मुक्तिनाथ सिड बैंक लिमिटेड, मुक्तिनाथ फर्टिलाइजर बैंक लिमिटेड, मुक्तिनाथ नर्सरी बैंक लिमिटेड, मुक्तिनाथ लाईभस्टक बैंक लिमिटेड, मुक्तिनाथ हर्बल बैंक लिमिटेड, मुक्तिनाथ फूड बैंक लिमिटेड, मुक्तिनाथ एग्रो मेसिनरी कम्पनी लिमिटेड र मुक्तिनाथ ट्रेडिङ लिमिटेड छन् ।

कम्पनीले स्थापना कालदेखि नै निरन्तररुपमा राष्ट्रिय अन्तर्राष्ट्रिय व्यवसायिक साझेदार कम्पनी तथा फर्महरु, कृषक समूह, सहकारी संस्थाहरुसँग सहकार्य गर्दै कृषिको मूल्यश्रृंखला विकासका लागि व्यवस्थापकीय भूमिका निभाउँदै आएको बताएको छ ।

‘गाउँको उत्पादन शहरमा, शहरको पुँजी गाउँमा’ र ‘सवृद्धिको आधार कृषि, कृषिको आधार प्रविधि’ नारासहित काम गर्दै आएको मुक्तिनाथले आज आफ्नो चौथो वार्षिकोत्सव मनाएको हो ।

कम्पनीले स्थापना गरेको सहायक कम्पनीहरुमा मुक्तिनाथ कृषि कम्पनीको ८० प्रतिशत र सर्वसाधारणहरुको २० प्रतिशत लगानी रहने व्यवस्था छ । यसबाट ग्राहकलाई बीउ, मल बैंक, नर्सरी बैंकको लगायतको सुविधा उपलब्ध छन् ।

कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकालले अब निजी क्षेत्रले निर्वाह गर्नुपर्ने भूमिकामा समेत मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend