आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

कांग्रेसले जित्दा मात्रै ओखलढुंगाको विकास हुन्छः रामहरि खतिवडा

कांग्रेसले जित्दा मात्रै ओखलढुंगाको विकास हुन्छः रामहरि खतिवडा

 

 

मानेभञ्ज्याङ १४ भदौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा ‘रुख’ चिन्ह लिएर उम्मेदवार बन्ने नेतालाई जिताउनुपर्ने बताएका छन ।

सोमबार ओखलढुंगाको मानेभञ्ज्याङमा ‘जनतासँग नेपाली कांग्रेस’ अभियान कार्यक्रममा खतिवडाले यस्तो बताएका हुन । उनले कार्यक्रममा बोल्दै आफ्नालाई भन्दा राम्रा व्यक्तिलाई टिकट दिएर जिताउनुपर्ने बताए । उनले भने, ‘मान्छेको अनुहार हेर्ने होइन । चुनाव चिन्ह रुख जसले लिएर आउँछ उसलाई भोट दिएर जिताउनुपर्छ ।’

कांग्रेसले जित्दा मात्रै ओखलढुंगाको विकास भएको भन्दै उनले भने, ‘कांग्रेसले हार्दा ओखलढुंगाको विकासमा पछाडि परेका छौँ । ओखलढुंगा हारेको छ ।’

उनले कांग्रेसले हारेकै कारण ओखलढुंगामा १५र२० करोडका ठूला आयोजना आउन नसकेको बताए । उनले कांग्रेसको सरकार बन्नेवित्तिकै ओखलढुंगामा विकासका कार्यक्रम आउन पुनः शुरु भइसकेको बताए ।

एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले पानीजहाज, रेल, घरघरमा ग्यासका पाइप ल्याइदिने भनेको स्मरण गर्दै उनले भने, ‘देख्नुभयो रु ओलीले बोलेको कुरा पूरा गरेको देख्नुभयो रु कुनै काम भएको छैन । शेरबहादुर देउवाले बोलेको कुरा पूरा गर्नुभएको छ । स्वास्थ्य उपचारमा पैसा दिने निर्णय देउवा सरकारले गरेको छ ।’

देशमा ठूला–ठूला भ्रष्टाचार कम्युनिस्टको पालामा भएको उनले बताए । नेता खतिवडाले गठबन्धन बाध्यता रहेको बताएका छन् । उनले भने, ‘२७५ सिटमा कांग्रेसको जम्मा ६५ सिट थियो । हामीसँग सरकार बनाउने कुनै पनि अवस्था थिएन । कम्युनिस्टले देश र सरकार चलाउन नसकेपछि थोरै संख्या रहेको कांग्रेसलाई सुम्पिएर कम्युनिस्ट फुटे । कम्युनिस्ट केही पनि गरेका छैनन् ।’

खतिवडाले कांग्रेसले टिकट दिने नेतालाई जिताउनुपर्ने बताए । उनले जातको कुरा गर्न नहुनेभन्दै टिकट ल्याएर आउने दलित नेता भएपनि जिताउनुपर्ने बताए ।

मानेभञ्ज्याङमा ९ वटा वडामध्ये ७ वडा जितेको उनले बताए । उनले भने, ‘हामी मिलेको भए मानेभञ्ज्याङमा सबै वडा जित्ने थियौं । दुई वटा हारेका छौँ । यदि मेरो कारणले हारेको होभने त्यसको म जिम्मेवारी लिन चाहन्छु ।’

कार्यक्रममा पार्टी सभापति एवम् सिद्धिचरण नगरपालिकाका मेयर तेजेन्द्र खनाल, पूर्वसभापति महेश कर्मोचा, नेता बालकृष्ण दाहाल, नेता कुमार लुइँटेल, रुद्र अधिकारी, सविता राई, उप–सभापति एवम् सुनकोशी गाउँपालिकाका अध्यक्ष कमल तामाङ, जिल्ला समन्वय समितिकी उप–सभापति तारा कार्की, सचिव अजय लुइँटेल, राजकुमार ढुंगाना, देवी धमलालगायतको उपस्थिति रहेको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend