आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

उपेन्द्र यादव बारा–२ बाट उम्मेदवारमा सिफारिस भए पछि तरंग

उपेन्द्र यादव बारा–२ बाट उम्मेदवारमा सिफारिस भए पछि तरंग

 

 

वीरगञ्ज १४ भदौ । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव बारा क्षेत्र–२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा सिफारिस भएका छन्।  उनी सप्तरी क्षेत्र नम्बर २ छोडेर बारा क्षेत्र–२ बाट उठने हल्लाले तरंग ल्याएको छ । ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि क्षेत्रीय समितिले नाम सिफारिस गरेको हो। यसअघि २०७४ को चुनावमा उनी सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए।

क्षेत्रीय समितिले प्रतिनिधिसभा सदस्यमा यादवसँगै रामसहायप्रसाद यादव र प्रयाग राय वदको नाम पनि सिफारिस गरेको छ। त्यस्तै, प्रदेशसभा क्षेत्र २ ‘क’ मा १० जना र प्रदेशसभा क्षेत्र २ ‘ख’ १२ जनाको नाम जिल्ला कार्यसमिति बाराले सिफारिस गरेको छ।

प्रदेशसभा क्षेत्र २ ‘क’ का लागि उषाकुमारी यादव, कामेश्वरप्रसाद यादव, रामबाबुप्रसाद यादव, शारदा शंकरप्रसाद साह, मुकेश कुशवाहा, आत्मरामप्रसाद साह, विनोदप्रसाद यादव, शंकरप्रसाद यादव, नागेन्द्रप्रसाद यादव र शिवशंकर प्रसाद यादवको नाम सिफारिस भएको छ।

प्रदेशसभा क्षेत्र २ ‘ख’ बाट बच्चा राउत अहिर, अवध भूषणप्रसाद यादव, रामकिशोर प्रसाद यादव, प्रमोदप्रसाद यादव, लालबाबु सिंह, अमरदेपप्रसाद यादव, धुपलाल सहनी, ऋषिकेश यादव, ब्रह्मदेव पासवान, शम्भुप्रसाद सिंह, राम सागर प्रसाद यादवको नाम सिफारिस गरिएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend