सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

कस्ता पार्टी राष्ट्रिय दल बन्ने छन् ?

कस्ता पार्टी राष्ट्रिय दल बन्ने छन् ?

भक्तबहादुर केसी,

 

मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि अपनाइएको समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतको निर्वाचनमा कुनै एक दललाई दुईतिहाइ र बहुमत प्राप्त गर्न गाह्रो हुने राजनीतिक विश्लेषकको भनाइ छ। उमेदवारले चुनावी घोषणा गर्नु भनेको एक किमिसको प्रतिबद्धतापत्र हो ।

राष्ट्र र सामाजको प्रगति आर्थिक प्रगति को लागि हो , आर्थिक विकास, समृद्धि र सुशासनका मुद्दा समेट्नु पर्छ । समानुपातिक निर्वाचनमा कुनै पनि राजनीतिक पार्टीले राष्ट्रिय दलको मान्यता प्राप्त गर्न दुईवटा प्रावधान पुरा गर्नुपर्ने हुन्छ।

प्रत्यक्ष वा समानुपातिक निर्वाचन प्रणाली कुन ठीक, कुन बेठीक भन्नेमा घनीभूत बहस हुन जरुरी छ । नेपालले मिश्रित निर्वाचन प्रणाली अवलम्बन गरेकाले त्यसलाई बदल्न संविधान नै संशोधन गर्नुपर्छ ।

राजनीतिक दलसम्बन्धी ऐनको दफा ५२ अनुसार प्रतिनिधिसभा सदस्य चुनावमा समानुपातिक निर्वाचन प्रणालीमा कम्तीमा तीन प्रतिशत मत ल्याएको र प्रत्यक्ष निर्वाचन प्रणालीमा एक सिट जितेको पार्टीले मात्र राष्ट्रिय दलको मान्यता पाउनेछ।

अहिलेको निर्वाचन प्रणाली अत्यन्तै विकृत भयो । निर्वाचन आयोगका सहन्यायाधिवक्ता गीताप्रसाद तिम्सिनाले भने, ूकुनै एक दलले समानुपातिक प्रणालीतर्फ खसेको कूल मतको चार प्रतिशत मत ल्याएको छ, तर पहिलो हुनेले जित्ने अथवा प्रत्यक्षतर्फ एक सिट पनि जित्न सकेन भने राष्ट्रिय दलको मान्यता पाउने छैन।प्रतिनिधिसभामा समानुपातिकतर्फ सम्पूर्ण देशनै एउटा निर्वाचन क्षेत्र हो।

प्रदेशसभामा समानुपातिक सिट बाँडफाँट गर्दा हरेक सात प्रदेशलाई एउटा निर्वाचन क्षेत्र मानिनेछ। समानुपातिक प्रणालीमा दलहरुले प्राप्त गरेको कूल सिटको न्यूनतम ५० प्रतिशत महिला हुनैपर्ने नियम बनाइएको छ।

यस्तो सूची दिँदा दलहरुले समय मै निर्वाचन आयोगलाई बुझाएको बन्द सूचीकै आधारमा हुनुपर्ने आयोगका सहन्यायाधिवक्ता गीताप्रसाद तिम्सिनाले भन्नु भयो । प्रदेशसभा सदस्यको समानुपातिकतर्फ भने निर्वाचन आयोगलाई सूची बुझाउँदा ुयथाशक्यु मिलाएर दिनुपर्ने भन्ने शब्दावली राखिएकोले दलहरुले केही फेरबदल गर्न सक्ने ठाउँ भने रहेको उनले बताए।मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि अपनाइएको समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतको निर्वाचनमा कुनै एक दललाई दुईतिहाइ र बहुमत प्राप्त गर्न गाह्रो हुने राजनीतिक विश्लेषकको भनाइ छ।

संसार तीव्र गतिमा बदलिइरहेको छ । यहाँ हाम्रा राजनीतिक दल पनि त्यही गतिमा बदलिइरहेका छन् । तर, सामुन्नेमा रहेका चुनौती पार लगाएर नेपाली समाजलाई डोर्‍याउन सक्षम बन्नेतिर हाम्रा दलहरू गइरहेका छैनन् ।

बरू गम्भीर विषयलाई बहसबाट पन्छाएर कुनै समूह, विकृत मनोवृत्ति, कारण प्रति पक्षपातपूर्ण बाटोमा अग्रसर छन् । संकटग्रस्त घडीमा नेपालमा कसरी आन्तरिक पुँजीको रक्षा गर्न सकिन्छ भन्ने प्रस्ट धारणा नयाँ युगको नेतृत्व गर्न तयार पार्टीसँग हुनुपर्ने हो ।आजको अबस्था अराजकतावादी उत्तेजनाहरू तर्फ झुकाव देखाउँछ ।

नेपाल अहिले इतिहासकै सबैभन्दा सकसपूर्ण र चुनौतीपूर्ण भू–राजनीतिक जोखिममा छ । दलहरूले व्यापक छलफल गर्नुपर्थ्यो । प्रस्ट जवाफ लिएर आउन सक्नुपर्थ्यो । पार्टी मुल धारले मूलभूत रूपमा यी संकट पार लाउन सक्ने पार्टी र नेतृत्व मुलुकलाई आवश्यक भए पनि यी हामीसँग कति कमजोर विकल्प मात्रै उपलब्ध छन् भन्ने प्रस्ट छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend