सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सत्ता गठबन्धनको राजनीतिले खतरा र खराब अभ्यासले अस्थिरता

सत्ता गठबन्धनको राजनीतिले खतरा र खराब अभ्यासले अस्थिरता

 

 

भक्त बहादुर केसी,

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा दलहरूबीचको गठबन्धनले नेपाली राजनीतिलाई तताएको छ ।तर, अहिले त्यो समीकरण परिवर्तन भएर एमालेकाविरुद्ध पाँचदलीय गठबन्धन निर्वाचनमा सहभागी चुनाव जित्नकै लागि बनाइने एजेन्डा मिल्नेबीच तालमेल स्वाभाविक भए पनि इख र चुनाव जित्नकै लागि बनाइने गठबन्धनले अश्थिरता र राजनीति प्रणालीलाई नै असर पार्ने विश्लेषकहरूको भनाइ छ चुनावबाट आफूलाई बलियो बनाउन हरहालतमा गठबन्धन गर्ने दलहरूमा पछि स्वार्थ देखिने गरेको देखिन्छ ।अहिले नेपाललाई गठबन्धनबाट फाइदा छैन । सीमित नेतालाई व्यक्तिगत फाइदा होला, तर जनता, मुलुक, राजनीतिक दल, कार्यकर्तालाई घाटा छ ।सम्सदिय निर्बाचन मा हुने गठबन्धनले कतिपय अवस्थामा प्रतिपक्ष नहुने अवस्था सिर्जना गरिदिन्छ । यो एकदमै घातक हुन्छ । आफू–आफू प्रतिस्पर्धा गर्नु लोकतान्त्रिक र निर्वाचनको सुन्दर पक्ष हो ।
दलहरूले आफ्नो अस्तित्वका लागि मात्र चुनाव गर्ने कति लज्जास्पद छ ।विचारसँग भन्दा पनि जोड–घटाउमा जोड दिएको देखिन्छ ।सत्ताधारी गठबन्धन राजनीतिक असफलताको दिशामा जाने खतरा देखिएको छ । भबिस्यमा पुरा कार्यकाल चलाउन मुस्किल होला अस्थिरता र विवाद जकडिञ्छ अनि के होला । गठबन्धन भनेको एक समान उद्देश्य र कारणले केहि व्यक्ति वा समूह एक साथ संयुक्त सहयोग दिएर कुनै कार्य गर्नु हो। गठबन्धनहरू अस्थायी वा परिस्थिति अनुसार बन्न सक्छन्। उत्तर दक्षिण पूर्व पश्चिम लोभी पापी दोषीहरुको जमघट हुने भयो सबै कम्निस्ट सबै कांग्रेस सबै मयोबादी सनसारमै नभएको नेपाल मै हुने गर्छ । नेपालको राजनीतिमा केही स्वार्थका का लागि गठबन्धन बन्ने र केहि समयपछि टुक्रने प्रवृति देखिरहेको छ। आफू विरुद्ध बनेको गठबन्धनलाई अप्राकृतिक गठबन्धन, अनैतिक गठबन्धन भनेर गाली गर्ने अभ्यास पनि देखिन्छ। नेपाली राजनीतिमा विवादित स्रोतहरू
नेताका विवादित शैलीहरू , विरोधाभासी धारणाहरू , विवादित लक्ष्यहरू, विवादास्पद दबाबहरू, विरोधाभासी भूमिकाहरू, अभिमानी को विभिन्न व्यक्तिगत मूल्यहरू, अप्रत्याशित नीतिहरू छन् । वर्तमान संसदीय शासन प्रणाली नै नेपालको विकास र नेपाली जनताको समुन्नतिको बाधकका रूपमा देखिद लाज लग्नु पर्ने हो ।संसद जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने एक महत्वपूर्ण संस्था हो । अब जनताले विचार पुर्याउने छन् जनताले निर्णय लिनेछन ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend