डा डीआर उपाध्याय,
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरिको निधनले हामी सबै दुखि भएका छौं । उहाँको निधन यही भदौ ४ गते सोमबार बेलुका ९ बजे ललितपुरको मेडिसिटी अस्पतालमा भएको हो । उहाँलाई सबैले समाजवादी चिन्तकका रूपमा चिन्ने गर्दथ्ये । उहाँ मरेर गए पनि उहाँको बिचार कहिले पनि मरेर जादैन । उहाँको भौतिक शरिर मात्र हामीलाई छोडेर गएको हो ।
गिरीका बिचारबाट नेपालका राजनीतिक दल र तिनका नेताहरुले धेरै सिक्न जरुरी छ । गिरि गत वर्ष साउनदेखि क्यान्सरबाट पीडित हुनुन्थ्यो भन्ने सुनिन्थ्यो । गिरी व्यक्तिगत स्वार्थमा कहिले लाग्नु भएन । उहाँ त्यागी नेता हुनुहुन्थ्यो । उहाँ लाभको पदमा बस्न नरुचाउने ब्यक्ति हुनुहुन्थ्यो । गिरिको निधनले नेपाल र नेपाली जनता रोएका छन । आज सिंगो नेपाल उहाँको निधनले शोकमा छ ।
हामी सबै स्तव्ध भएका छौं । निजी परिवार बनाउने भन्दा पनि उहाँको चिन्ता देश र जनता प्रति थियो । उहाँले धनसम्पत्ति आर्जन गर्नतिर कहिल्यै ध्यान दिनु भएन । गिरिले पटक पटक मन्त्री बन्ने अफर आउदा पनि मन्त्री बन्न अस्वीकार गर्नु भएको थियो । उहाँले सांसदका रूपमा पनि अनावश्यक सुविधा लिनु भएन । नेताहरूले बिरामी पर्दा उपचार खर्च वापत राज्यको ढुकुटीबाट अहिलेसम्म अर्बौं रुपैयाँ लिइसकेका छन् ।

तर गिरिले राज्यको ढुकुटीबाट एक पैसा लिनु भएन । प्रदीप गिरि बहुमुखी प्रतिभाका धनी हुनुहुन्थ्यो । उहाँलाई लेखक, पत्रकार, साहित्यकार, दार्शनिक भनेर चिनिन्छ । तर आफ्नो यो क्षमता उहाँले निजी स्वार्थका लागि प्रयोग गर्नु भएन । ०४६ सालको जनआन्दोलनमा नेपाली कांग्रेस र कम्युनिस्ट पार्टीहरूको कार्यगत एकता गिरिकै प्रयासमा भएको थियो । गिरी बाँचुन्जेल सधै निष्ठाको राजनीति मात्र गर्नु भयो ।
उहाँले कहिले पनि शीर्ष नेताको चाकरी गर्नु भएन बरु गलत काम गर्ने नेताहरुलाई हप्काउनु हुन्थ्यो । संसदमा गिरीको भाषण सुन्न सबै सांसदहरु उत्सुक हुन्थ्ये । गिरी बिचारको खानी नै हुनुहुन्थ्यो । हामीले असल नेता गुमाएका छौं । उहाँ सादगी नेता हुनुहुन्थ्यो । गिरीलाई नेपाली काँग्रेसले मात्र होइन, अरु पार्टीले पनि मन पराउथ्ये । नेकपा एमालेका बौद्धिक नेता घनश्याम भुसालले पनि गिरीको बारेमा लेख लेख्नु भएको रहेछ, त्यो पनि मैले राम्रो संग दोहोयाइ दोहोयाइ पढे । असल नेता गिरीका बारेमा दुइ शव्द नलेखी मनले मानेन । गिरिप्रति हार्दिक श्रद्धाञ्जली ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend