आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

जसपाका नेता श्रीलाल साह करिब ९० जना कार्यकर्ता सहित एमाले प्रवेश गर्ने

जसपाका नेता श्रीलाल साह करिब ९० जना कार्यकर्ता सहित एमाले प्रवेश गर्ने

 

काठमाण्डौं ७ भाद्र । विन्दवासिनी गाउँपालिका पर्साका पूर्व अध्यक्ष श्रीलाल साह नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् । आज एमाले केन्द्रीय कार्यालय च्यासलमा आयोजना हुने पार्टी प्रवेश कार्यक्रममा उनलाई अध्यक्ष केपी शर्मा ओलीले स्वागत गर्ने बताइएको छ ।

जनता समाजवादी पार्टी (जसपा) को नेतासमेत रहेका शाहले करिब ९० जना कार्यकर्ता सहित एमाले प्रवेश गर्न लागेका हुन् । ०७४ सालको स्थानीय तह निर्वाचनमा मधेसी जनअधिकार फोरमबाट उठेका थिए । पार्टी एकता र विभाजनको शृङ्खला चलिरहँदा उनी उपेन्द्र यादव नेतृत्वमा रहेको जसपामै रहेका थिए ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend