आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

मुख्यमन्त्री राउतलाई पदबाट राजीनामा दिन निर्देशन दिएको भनेर बाहिर आएको हल्ला बारे यसो भन्छन् अध्यक्ष यादव

मुख्यमन्त्री राउतलाई पदबाट राजीनामा दिन निर्देशन दिएको भनेर बाहिर आएको हल्ला बारे यसो भन्छन् अध्यक्ष यादव

 

जनकपुरधाम ७ भदौ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई पदबाट हटाउने योजना नभएको जानकारी दिएका छन् ।

उनले भने, “मुख्यमन्त्री राउतलाई पदबाट राजीनामा दिन पार्टीले निर्देशन दिएको छैन र तत्काल पदबाट हटाउने योजना समेत रहेको छैन ।”

आज बिहान सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उनले सो कुरा बताएका हुन् । “मुख्यमन्त्री राउतलाई पदबाट राजीनामा दिन निर्देशन दिएको भनेर बाहिर आएको हल्लामा कुनै सत्यता छैन,” अध्यक्ष यादवले भने, “मुख्यमन्त्रीलाई त्यस्तो कुनै निर्देशन दिएको छैन । हटाउने कुनै योजना पनि छैन ।”

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend