आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

सुरेश कुमारको कलाः सत्यम्,शिवम्,सुन्दरम्

सुरेश कुमारको कलाः सत्यम्,शिवम्,सुन्दरम्

 

काठमाण्डौं  ७ भदौं । ईश्वरीय शाश्वतता र सौर्न्दर्य दर्शाउन आध्यात्मिक जगतमा अति सुन्दर शब्दहार छः सत्यम् , शिवम् , सुन्दरम्। जुन सत्य हो,त्यही शिव हो,जो शिव हो ,त्यही सुन्दर हो। शिव शब्द नै कल्याण र सौन्दर्यभावको दिव्य स्वरूप हो जसलाई ज्ञान् ,बुद्धि र विवेकबाट मात्र बुझ्न सकिन्छ ।

शिवस्वरूपका यिनै भावहरु बोकेर बबरमहलस्थित नेपाल कला परिषदमा सुन्दर चित्रकला प्रदर्शनी शुरु भएको छ। कलाकार सुरेश कुमार धौलाको एकल चित्रकला प्रदर्शनी सत्यम् ,शिवम् ,सुन्दरम् को सोमबार पर्यटनमन्त्री जिवनराम श्रेष्ठले उद्घाटन गरे। चित्र कवि उपनामले चिनिने सुरेशकुमारको यो तेस्रो एकल कला प्रदर्शनी हो।

२० वर्षको साधनाबाट तयार पारिएका भगवान शिवका यी कला शृङ्खलाले सुरेशकुमारका आध्यात्मिक दर्शन र कलायात्राको गहिराई झल्काउछन। उनका यी सुन्दर र दिव्य कलालाई आर्ट काउन्सिलमा भाद्र ६ देखि १७ गतेसम्म हेर्न सकिनेछ ।

 

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend