सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

राउटर आयातमा अनिवार्य पूर्वस्वीकृति लिनुपर्ने

राउटर आयातमा अनिवार्य पूर्वस्वीकृति लिनुपर्ने

 

 

काठमाडौं ६ भदौ । नेपाल दूरसञ्चार प्राधिकरणले घरायसी प्रयोगका राउटर आयातमा प्राधिकरणबाट अनिवार्य रूपमा पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ। प्राधिकरणले राउटरसहितका इन्टरनेटसँग सम्बन्धित भौतिक उपकरणहरूको न्यूनतम गुणस्तर निर्धारण गर्दै पूर्वस्वीकृतिको व्यवस्था अनिवार्य गरेको हो।

प्राधिकरणले ग्राहकसँग सम्बन्धित तथा घरायसी प्रयोजनका सञ्चार उपकरणहरुको पहिलोपटक जारी गरेको न्यूनतम मापदण्डमा यस्तो व्यवस्था गरिएको प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए । उनका अनुसार इन्टरनेट सेवाको गुणस्तरलाई थप प्रभावकारी बनाउन दूरसञ्चार ऐन, २०५३ ले दिएको अधिकार प्रयोग गरी यो व्यवस्था लागू गरिएको हो । आजको कारोबार दैनिकमा समाचार छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend