आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

एमालेका १७ जना नेता एकीकृत समाजवादीमा प्रवेश

एमालेका १७ जना नेता एकीकृत समाजवादीमा प्रवेश

 

बुटवल ५ भदौ । पाल्पामा पूर्वमेयर र उपमेयरसहित नेकपा एमालेका १७ जना नेता नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

तानसेन नगरपालिकाका पूर्वमेयर अशोककुमार शाही र पूर्वउपमेयर लक्ष्मीदेवी पाठक लगायतले आइतबार संयुक्त विज्ञप्ति निकाल्दै एमालेमा व्यक्तिवाद, नातावाद र कृपावादलाई प्रश्रय दिने काम भएकाले पार्टी छाडेको उल्लेख गरेका छन् ।

एमाले छाड्नेहरुमा नेताहरू भीमबहादुर कुमाल, रामप्रसाद घिमिरे, शिव थापा, बिनिता लुइँटेल, सुजेन्द्र कार्की, बुद्दे सार्की, कृष्णबहादुर केसी, लक्ष्मण कार्की, मधु कार्की, बिनोद लुइँटेल, कृष्णकुमारी केसी, माधवप्रसाद पाठक, केशवप्रसाद घिमिरे, कृष्णप्रसाद पाठक र उमेश घिमिरे छन् ।

नागरिकले विश्वास गरेकै कारण २ तिहाइ जनमत प्राप्त उपलब्धिलाई जोगाउन नसक्नु, २र२ पटक संसद विघटन गर्नु र सम्मानित सर्वोच्च अदालतले असंवैधानिक ठहर गरी संसद पुनः स्थापना गर्दा पनि पार्टीभित्र समीक्षा गर्न तयार नभएको विज्ञप्तिमा उल्लेख छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend