आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

नेकपा (माओवादी) केन्द्रले डिलाराम आचार्यलाई दियो सचिवको जिम्मेवारी

नेकपा (माओवादी) केन्द्रले डिलाराम आचार्यलाई दियो सचिवको जिम्मेवारी

 

काठमाण्डौं ४ भाद्र । नेकपा (माओवादी) केन्द्रको बैठकले केन्द्रीय सचिवमा प्रभावशाली नेता डिलाराम आचार्यलाई जिम्मेवारी दिएको छ । उनी अर्घाखाँची जिल्लाको अर्घामा जन्मिएका हुन ।

आचार्य २०५६ सालमा तत्कालिन अर्घाखाँची निर्वाचन क्षेत्र १ बाट सांसदमा विजयी भएका थिए । । उनी राष्ट्रिय जनमोर्चाका महासचिव थिए।आचार्य शान्ति प्रक्रियापछि माओवादीमा प्रवेश गरेका हुन । उनी माओवादीमा प्रबेशगरे संगै राजनीतिमा दिनरात खटदै आएका छन ।

नेकपा (माओवादी) केन्द्रको संगठनमा सक्रिय रूपमा काम गर्ने नेता मध्ये आचार्य चर्चित नेता हुन । आज काठमाडौमा बसेको पार्टी बैठकबाट उनलाई सचिव पदको जिम्मेवारी दिइएको हो। आचार्य माओवादी केन्द्रमा लोकप्रिय नेताका रुपमा चिनिन्छन् । उनी बैचारिक नेता हुन ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend