आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

उपेन्द्र यादवले दिए यस्तो निर्देशन, उम्मेदवार बन्न तोकियो मापदण्ड

उपेन्द्र यादवले दिए यस्तो निर्देशन, उम्मेदवार बन्न तोकियो मापदण्ड

 

 

काठमाडौं, ३ भदौ जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मंसिर ४ गते हुने निर्वाचनका लागि भदौ २५ भित्र उम्मेदवारको प्रस्तावित नाम केन्द्रमा पठाउन निर्देशन दिएका छन् ।

अध्यक्ष यादवले राजनीतिक समितिको प्रथम बैठकमा प्रस्तुत गरेको प्रस्तावमा प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारको छनौट प्रक्रिया भदौ ११ देखि सुरु गर्न निर्देशन दिएका छन् ।

भदौ ११ भित्र प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन क्षेत्र समन्वय समितिले आवश्यक छलफल गरी योग्य उम्मेदवारको नामावली जिल्ला समन्वय समितिमा सिफारिस गर्न भनिएको छ ।

त्यस्तै जिल्ला समन्वय समितिलाई भदौ १६ भित्र निर्वाचन क्षेत्र समन्वय समितिबाट सिफारिस भइ आएका नामावलीमध्ये ५ जना योग्य उम्मेदवारको सूची प्रदेश समन्वय समितिमा पठाउन निर्देशन दिइएको छ।

प्रदेशले तीन जनाको नाम भदौ २० भित्र संसदीय बोर्डलाई पठाउनुपर्नेछ । संसदीय बोर्डले योग्यतम उम्मेदवारको नाम भदौ २५ भित्र केन्द्रीय कार्यकारिणी समितिमा पठाउनुपर्नेछ ।

जसपाले उम्मेदवार छनोटको दुई मापदण्ड तोकेको छ । त्यसरी छानिएका उम्मेदवारमा पार्टी र समाजमा लोकप्रिय, सक्रिय, दक्ष, निष्पक्ष र पार्टीमा निरन्तर खटिएका हुनुपर्नेछ । त्यस्तै प्रदेश र प्रतिनिधि सभा निर्वाचन क्षेत्रको गहन अध्ययन र विश्लेषणद्वारा उम्मेदवारको निक्र्यौल गरिने मापदण्डमा उल्लेख छ ।

प्रस्तावमा उम्मेदवारहरुको योग्यतासम्बन्धी ७ मापदण्ड समेत तोकिएको छ । ती यस्ता छन्

१। पार्टीको बिचार, नीति, सिद्धान्त र कार्यक्रमलाई आत्मसाथ गर्ने ।

२। पार्टीको समितिमा संगठित र सक्रिय रहेको

३। पार्टी र सामाजिक जनकार्यमा समर्पित हुने।

४। स्वच्छ सामाजिक छवि तथा नैतिकवान भएको

५। निर्वाचनमा विजय हासिल गर्न सक्ने सम्भावना भएको

६। सम्बन्धित क्षेत्र तथा जिल्लाको बस्तुस्थिति बुझेको

७। सुशासनको प्रत्याभुत गर्नसक्ने

प्रस्तावमा अध्यक्ष यादवले निर्वाचनको तयारीका लागि तत्काल गर्नुपर्ने ११ कामहरुलाई बुँदागत रुपमा प्रस्तुत गरेका छन् । पार्टीको संगठन निर्माणदेखि कार्यकर्ता परिचालन र निर्वाचन केन्द्रीत कार्यविभाजन तत्काल सुरु गर्ने यादवले बताएका छन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend