आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

भावभित्रको छालले दिएको सन्देश

भावभित्रको छालले दिएको सन्देश

बिष्णु प्रसाद शर्मा,

 

माथिल्लो तहसम्मकै अध्ययन गरेर प्रमाण पत्र बोक्दैमा उसलाई धेरै बुद्धिमान हो भनेर मान्न सकिदैन । माटो, जीवन, माया र सम्पत्तिको दम्भलाई कुन ठाउँबाट उचालेर प्रभाव पार्न सकिन्छ ? खोजमुलक अनुसन्धानको लम्काईमा उभिएर भित्र लुकेका असंख्यक अनुवन्धहरुले समाज र समाजलाई पुगेको क्षति प्रति प्रकृति प्रेम, राष्ट्र, रष्ट्रियता र बोकेको मानसिकतामा सोचनीय पक्कै छ ।

जसले जुन किसिमको अठोट लिएको हुन्छ र उसले बोल्ने गर्ने र कसरी सोचिरहेको हुन्छ भन्ने पनि लय सैलिवाट नै प्रस्फुटित भइरहेको पाइन्छ । राष्ट्रवादको अगाडी रहेर श्री ५ महेन्द्रले बोलीवक्सेको थियो, ”म मरे पनि मेरो देश बाँचिरहोस् ।” छिमेकीले असल अरुको कुभलो चाँहदैन । खरावले जहिले पनि खरावै सोचिरहेको हुन्छ । त्यसको असर नेपाललाई पनि प्रत्यक्ष परिराखेको थियो र यस्तो भयो ।

बंगला देशमा स्वतन्त्रता संग्राम हुनु, भारतले कसरी फाईदा लिन सकिन्छ भनेर हेर्नु नेपालका बिपीको मनसाय बुझेर बुझि नसक्नुलाई यो कार्यले के सन्देश दिन्छ ? सबैले मनन् गरौं र बुझौं । स्वतन्त्रता किन चाहिन्थ्यो ? भारत सरकारको परोक्ष दवाव र जय प्रकाशको सल्लाह अनुरुप बंगलादेश स्वतन्त्र भए पछि नेपाली काँग्रेसलाई आबश्यक भए जति हतियार दिने सहमतिमा बिपीले एक ट्रक हतियार मुक्तिवहिनीलाई पठाई दिनु भयो ।

के यो कार्य राजनेताले गर्न मिल्थ्यो ? त्यसैको परिणाम आजको नेपाल हेरौं । त्यसैले भनिन्छ, बुढाको आँखा सोच, युवाको जाँगर र जोस भएकाले मात्र राजनीति गर्नु पर्दछ । कलमी सारिएको हाँगाले सहि जमिन पाएको छ की छैन, मलको मात्रा, ठिक पानी तातो चिसो बातावरण, हावा र घामको सम्मिलन पाउँछ, पाउँदैन ? पाएन भने त्यो हाँगो त्यसै सुकेर जान्छ । जरा हाल्नै सक्दैन ।

२०७९ बैशाख ३० गतेको निर्वाचन परिणामले दिएको सन्देश संग नजिक छ । नेपालमा बिकासको अग्रगामी परिणामले दिएको झलक हो कि ? पाठकले केलाउनु नै हुने छ भन्ने मनसाय हो । ४८ बर्ष अघि डोटीको सिलगढीबाट मैले मेरा बा संग आकाशवाणीमा कुरा गर्दा उहाँ रुनु भएको घटनाले भावुक बनाएको हो । बा म संग आकाशवाणीमा कुरा गर्न भक्तपुरको दधिकोटवाट पैदलै त्रिपुरेश्वरमा रहेको टेलिग्राफ अफिस आउनु भएको थियो ।

साँच्चै कत्रो दु्रत प्रगति संचारको । म घोत्लिए, यही खालको प्रगतिको गति बिजुलीमा, शिक्षामा , खानेपानीमा, कृषिमा उद्योगमा दिन सकेको भए । हो, नेपालमा बिकास के के मा भयो त ? राजनीतिमा मात्रै । युवामञ्च , (मेरो पुस्तक पृष्ठ ३८ र ३९ बाट)  हो , हामी नेपाली माथि उदृत अंश साभार लिएको छु । मैले मेरो देशलाई चिनेको छु । तर देशको साँचो ताल्चाको जिम्मा लिनेहरु को हुन समाजले चिनेको छैन । दुर्भाग्य आजको नेपालको अबस्था यो हुनु ? दलीयताले पुयाएको क्षति हो । नयाँ सोच बिचार र गर्न सक्ने ब्यक्ति चाहे स्वतन्त्र होस उसलाई सरकारले क्षमता अनुसारको काम गर्ने अबसर दिनु पर्दछ । दलमै लिप्त रहेको हुनु पर्दछ भन्नु गलत हो । संकुचित भावना हो ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend