सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

ढुसी र लाई किराले ३२ बर्ष रजाई गरे

ढुसी र लाई किराले ३२ बर्ष रजाई गरे

बिष्णु प्रसाद शर्मा,

 

बिदेशीहरु नेपालको भूमिलाई पबित्र धार्मिक आस्थाको केन्द्र ठान्दछन् र नेपाल प्रबेश पाउन निक्कै हत्तारो र खर्चिनमा तल्लिन रहन्छन् । नेपालीहरु बिदेश पुगेर सुरा सुन्दरी र ऐसको आनन्दमा हौसिन चाहन्छन् र आफूसंग रहेको नैतिकता उनीहरुलाई सुम्पिएर बस्ने गर्दछन एकथरी । अर्काथरी कामका सिलसिलामा पुगेका छन र आफनो पसिनाको खोलो बगाएर निराश बनेका छन । बिदेशीहरुको ध्याउन्न नेपालको कुना कन्दरा र थुम्काहरुमा आफै पुगेर त्यो स्थानको बास्तविकतालाई मनमस्तिष्कमा बोकेर क्यामरामा कैद गदै जन्म थलोको मुहारमा सुगन्ध थप्न लिएर जान्छन । कतिपयले नेपालका लागी हानिकारक संस्कारहरु छोडेर जाने गरेका छन । नेपाल छिर्ने बिदेशीहरुको उदेश्य एउटै मात्रै छैन । राजनीतिक, ब्यापारिक, संस्कारको बिचलन र नेपाली भूमिमा पाइने अत्यन्तै महत्वपूर्ण जैविक सम्पदा र सम्पत्तिहरु साथमा लिएर जाने गरेका पनि छन । ०४६ साल पछिको दलिय ब्यवस्थाले देश हित बिपरितका असंख्यक कामहरु गर्दा उनीहरुलाई चाहे अनुसारको बातावरण तैयार त बनेको त छ, नेपाली जनतालाई  ढुसी  र लाई किराले ३२ बर्ष रजाई गरेकोमा अत्यन्तै असन्तुष्टि तुल्याएको छ र यसको निकास निकाल्न आतुर बनेका छन । गरिवी र असन्तुष्टिताले सबै नेपालीलाई पछाडि लगि दिएको छ । दलीयताले सबै नेपालीलाई बिभाजन गराई दिएको छ र घर घर परिवार परिवारमा झगडा मनमुटाव हुदै गएको छ । देश भित्र रहेका महत्वपूर्ण सम्पत्तिको हिनामिना भइसक्दा पनि जनताले चाहेर पनि संरक्षण गर्न सकेका छैनन् । देशलाई यति ठूलो संकट पर्दा पनि जनता एक जुट भएर प्रतिकार गर्न सक्दैनौं र भित्र भित्रै मडारिएर कचिङगल गरि बसेका छौं । स्वदेशी भूमिको गर्भगृहमा रहेका भएका असंख्य सम्पदाहरु सार्वजनिक सम्पत्तिहरु र पुर्खाहरुले नाचेको गायको ऐतिहासिक स्थलहरुमा बैरीहरु छिरी निर्ममतापूर्व नांगो नाच र अरु बैरीवाट दोहन गराएर उनीहरुले दिएको न्यूनतम धनले छोपिने प्रयास दलहरुले गर्नुलाई कदापि राष्ट्रवाद भन्न मिल्दैन ।  ढुसी  र लाई किराले जसरी बोट बिरुवालाई कक्रयाक कुक्रुक बनाएर अस्तित्व बिहिन बनाई दिन्छ, ठिक त्यसै गरि दलीयताको आडमा बिदेशी बैरीहरुले नेपाललाई जकेडी दिएको छ । जसवाट छुटकारा पाउन स्वयं नेपाली जनताको एकता, प्रतिकार र शाहसको आबश्यकता अपरिहार्यता छ । बयस्क रुखको एउटा हागामा पलाएको ऐजेरुले त्यो रुखको स्वरुपलाई नै परिवर्तन गराई दिन्छ, ठिक त्यसै गरि नेपालको चम्किदो रुप र छविलाई पराधिनताले फोहोर, मैलामा परिणत गराई सकेको छ । लाखौ लाख शिक्षित युवाहरु प्रमाण पत्र बोकेर जागिरका लागी भौतारिरहेका छन भने कोही बिदेशी भूमिमा तातो बालुवामा पसिना बगाई राखेका छन । अनपढ झोलेहरु करोडौका गाडीमा सयर गरिराखेका छन र उनीहरुको वोलवाला चर्को रुपमा शिक्षित बर्ग माथि थोपरिएको अबस्थालाई के भनेर सम्बोधन गर्न सकिएला ? यो पराधिनताले गाँजेर दुसी र लाई किराले पढे लेखेका युवा र युवतीहरुलाई हत्तोत्साहि बनाएर बिदेश पलायन गराउने अनि ती अनपढ गवारहरुले मनलाग्दी शासन गरेर देशलाई बिदेशी किडास्थल बनाउने हो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend