आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

मेरो भाइ १० कठ्ठा जमिनमा हलो जोत्छः अध्यक्ष ओली

मेरो भाइ १० कठ्ठा जमिनमा हलो जोत्छः अध्यक्ष ओली

 

काठमाडौं २९ साउन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू नातावाद कृपावादमा नलागेको व्यक्ति भएको दाबी गरेको छन्।

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले राजनीतिमा लोभ गरेर परिवारका सदस्यलाई तान्न नहुने बताएका छन्। आफूले श्रीमती, भाइ र अन्य नाता पर्नेहरूलाई पनि राजनीतिमा नतानेकाले नातावाद कृपावादबाट टाढै रहेको बताएका हुन्। उनले आफ्नो भाइ समेत राजनीतिमा भएपनि कुनै लोभमा नपरेको दाबी गरेका हुन्।

अध्यक्ष ओलीले भने, ‘१० कठ्ठा जमिन लिएर हलो जोतेर बसेको छ मेरो भाइ। उसलाई कुनै असन्तुष्टि छैन। र, उ वडा कमिटीमा सदस्य छ।’ पार्टीमा योगदान अनुसार पद र जिम्मेवारी पाउने अध्यक्ष ओलीले बताए।

आफ्नो भाइले सङ्घीय र प्रदेश कुनैको पनि टिकट नपाउने बताए। ‘अरु जस्तो भाइ, बुहारी, छोराछोरी, श्रीमती, सालो त्यसको लागि मरिहत्ते गरेर हिँड्ने एमाले चाहिँ होइन,’ उनले भने।

आफ्नो स्वास्थ्य समस्या भइरहेकाले सधैँ स्वास्थ्यलाई सन्तुलित ढङ्गमा राख्नु पर्ने अध्यक्ष ओलीले बताए। उनले सर्कसमा डोरीमा हिँड्ने मानिसको झै आफ्नो स्वास्थ्य मिलाएर राख्नुपर्ने अवस्था भएको बताए।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend