सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

कसका कारणले यो भयो ?

कसका कारणले यो भयो ?

बिष्णु प्रसाद शर्मा,

 

शिवपुरी, चन्द्रागिरी, फूलचोकी र नागार्जुन नेपालको राजधानीको काठकाण्डौं उपत्यका भित्रको गहना मात्रै नभएर कविका नजरमा अलकापुरी नगरी, अवला सवला, देवी देवालय भित्रबाट छन्द सुन्दरतालाई प्रभावित गर्ने बागमती बिष्णुमती लगायतका नदीहरुको हालको अबस्थाले ती नजर अनि निस्किएका शव्द प्रभावतालाई टाडैबाट गिज्याई रहेको आभास त भएकै छ ।

सन १९४५मे ८ का दिन सैनिक कमाण्डर बेलायती बर्नार्ड ल मन्टगोभरीले हामीले जर्मनीसंगको युद्ध जितेका छौं भनेर घमण्डका साथ आफना सैनिकहरुलाई उत्साहित गराईरहेका थिए । दास्रो बिश्वयुद्धमा जर्मनीले बिना सर्त आत्मसमर्षण गर्नु भन्दा धेरै दिन पहिले नै मित्र राष्ट्रहरु अमेरिका, ब्रिटेन, र सोभियतसंघका प्रतिनिधि बीचमा छलफल गर्न याल्टा सम्मेलनमा भेटघाट गरेका थिए , जर्मनीको भबिश्य के हुने भनेर । प्रथम बिश्वयुद्धमा जे जसरी अत्याचार युक्त घटना घटेका थिए र त्यसले गर्दा उनीहरुकै भबिश्यलाई प्रश्न चिन्ह खडा गराएकोमा अब यस्तो नहोस् भनेर चेतनामूलक राष्ट्रवादी रोष उदाएकोमा सचेत बन्न चाहन्थे ।

अतिवादी नाजीको उदय भएकोमा । सन् १९४५ जुलाइमा बिग थ्री मित्र मित्र राष्ट्रहरुका प्रमुख तीन राष्ट्रका प्रतिनिधि बीच पोट्सडम सम्मेलन पनि भयो । जर्मनीलाई चार बिशिष्ट क्षेत्रमा बिभाजन गरी अस्थायी अवधि शासन गर्ने बिधिको र फ्रान्ससहित बिग थ्री का राष्ट्रलाई जर्मनीका चार हिस्सा भाग लगाउदा ब्रिटेनले उत्तर पश्चिम अमेरिकाले दक्षिण पूर्व र फ्रान्सले दक्षिण पश्चिम को जिम्मा पाए ।

सोभियत संघले अघि नै जर्मनीको पूर्वी क्षेत्रका धेरै भाग कब्जामा लिइसकेको कारणले उसलाई उत्तर पूर्वको जिम्मेवारी दिइयो । यसरी पश्चिमा अधिनायकवादीहरुले कमजोर राष्ट्र प्रति देखाउने बिभेदपूर्ण कर्म आज मात्रै नयाँ होइन । सन् १९४५भारत ब्रिटिसवाट स्वतन्त्र हुनु पूर्व इष्टइण्डिया कम्पनि मार्फत नेपाललाई कब्जा गर्ने उसको चाहनालाई श्री ५ पृथ्वीनारायण शाहका सेनाहरुको अथक प्रयासले नेपाल एउटा स्वतन्त्र राष्ट्रका रुपमा रहेको थियो र श्री ५ महेन्द्रको बुद्धिमत्ताले संयुक्त राष्ट्र संघको सदस्य प्राप्त गर्न सफल भएको थियो ।

माथि गरिएका बिबेचनाहरुको तुक के हो भने नेपाललाई सात टुक्रामा बिभाजित गराउनु बिना युद्ध नै युद्ध जितेको बहानामा पश्चिमाहरु लगायत भारतले आ आफना भागहरु छुट्याएर लिएका हुन । नेपालको उत्तर तिर हिमालय श्रृखलाहरु भएको पूर्वतिर नदी, दक्षिण भारतीय भू भाग र पश्चिम पनि नदीको सिमाना रहेको एउटा सुन्दर देश थियो । त्यो देशमा बिश्वभरीका कुनै पनि देशमा नभएका धेरै जात, जाती , भाषा भाषी, र अनेकौं धर्मावलम्वीहरुले शोभायमान रहेको हँुदा पश्चिमाहरुले महत्वका साथ यो भू भागमा नजर लगाई रहेका थिए र दलीयताको सहाराले प्राप्त गरेका हुन । म एउटा स्वतन्त्र नेपाली नागरिक मात्र हुँ र स्वतन्त्र भएर बाँच्ने चाहना राख्दछु । यो देशका नागरिकहरुले अन्य कुनै देशको हैकममा पराधिनताको सामना गरेर बाँच्न नपरोस् मेरो चाहना हो यो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend