आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

एमालेका यी नेताहरु पुग्दैछन निर्वाचन आयोग, संघीय चुनावका लागि आज दल दर्ता गर्दै

एमालेका यी नेताहरु पुग्दैछन निर्वाचन आयोग, संघीय चुनावका लागि आज दल दर्ता गर्दै

काठमाडौं २४साउन । नेकपा एमाले आगामी मंसिरमा तय भएको संघीय निर्वाचनका लागि आज मंगलबार दल दर्ता गराउने भएको छ । एमाले निर्वाचन विभागका अनुसार दिउँसो साढे १२ बजे निर्वाचन आयोग पुगेर दल दर्ताका लागि निवेदन दिने कार्यक्रम छ ।

दल दर्ताका लागि एमाले उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदिप ज्ञवाली, उपमहासचिव तथा निर्वाचन विभाग प्रमुख विष्णु रिमाल लगायतका नेताहरू आयोग पुग्नेछन्।

४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आयोगले आइतबारदेखि दल दर्ता सुरु गरिसकेको छ। ३१ साउनसम्म दल दर्ता गरिसक्न आह्वान गरिएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend