काठमाडौं २३ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज रौतहट जाने भएका छन्। गौरमा पार्टी प्रवेश तथा वृहत जनसभा कार्यक्रम सम्बोधन गर्न ओली रौतहट जान लागेको उनको सचिवालयले जनाएको छ।
नेकपा एमाले रौतहटको आयोजनामा पार्टी प्रवेश तथा वृहत जनसभा कार्यक्रममा प्रमुख अतिथिको रुपमा ओली पुग्नुहुने नेकपा एमाले रौतहटका जिल्ला सचिब बाल बिक्रम कार्की जानकारी दिए। बिहान ११ बजेबाट हुने कार्यक्रममा गौर नगरपालिकाका पूर्व नगर प्रमुख अजय गुप्ता लगायत विभिन्न पार्टी परित्याग गरेर एमालेमा प्रवेश गर्ने बताइएको छ।
गौर नगरपालिकाका पूर्व नगर प्रमुख गुप्ता लोकतान्त्रिक समाजवादी पार्टी नेपाल ९लोसपा० परित्याग गरेर एमालेमा प्रवेश गर्न लागेका हुन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend