आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

अध्यक्ष केपी शर्मा ओलीले दिए कार्यकर्तालाई यस्तो निर्देशन

अध्यक्ष केपी शर्मा ओलीले दिए कार्यकर्तालाई यस्तो निर्देशन

 

फाइल फोटो

काठमाडौँ २० असार । नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले आगामी मङ्सीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिएका छन्।

एमाले उपत्यका विशेष प्रदेश कमिटीले आज मध्यपुरथिमिको बोडेमा आयोजना गरेको राजनीतिक कार्यशालामा उनले आउँदो निर्वाचनका लागि फोकस भएर लाग्न निर्देशन दिएका हुन् ।

उनले भने, ‘आउँदो चुनाव हामीले हार्नु हँुदैन, त्यसैले मङ्सिर ४ गतेको निर्वाचनलाई फोकस भएर चुनावको तयारीमा लाग्नुहोस्, चुनाव हार्दा पनि एमालेका लागि त केही छैन तर देशले हार्छ, त्यसैले देशलाई जिताउन पनि अब एमालेलाई जिताउनै पर्छ ।’

ओलीले आउँदो प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा पार्टीले सङ्गठित र इमान्दारी पूर्वक लागेमा एक्लै बहुमत प्राप्त गर्न सक्ने दाबी गर्दै पार्टीका नेता, कार्यकर्ताले इमान्दारी पूर्वक लाग्नु पर्ने बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend