काठमाडौं २० साउन । जनता समाजवादी पार्टी नेपाल (जसपा)मा अशोक कुमार राईलाई ठूलो जिम्मेवारी दिएको छ । उनलाई वरियताक्रमको पहिलो नम्बरमा राखिएको छ । अध्यक्ष उपेन्द्र यादवलाई पछि पार्दै उनलाई वरीयताको पहिलो नम्बरमा राखिएको हो । यसअघि उनको वरीयता वरिष्ठ नेताको रुपमा तेस्रो नम्बरमा रहेको थियो । केन्द्रीय कार्य समिति पुनर्गठन गर्दा राईलाई एक नम्बरमा ल्याइएको हो । यसअघि डा बाबुराम भट्टराईको वरीयता संघीय परिषद् अध्यक्षका रुपमा एक नम्बरमा थियो भने दोस्रो नम्बरमा अध्यक्ष उपेन्द्र यादवको वरीयता थियो ।
डा बाबुराम भट्टराई पार्टी छाडेर गइसकेपछि सो ठाउँमा अशोक राईलाई ल्याइएको छ । पुनर्गठन गरिएको केन्द्रीय समितिमा वरिष्ठ नेतामा कसैलाई राखिएको छैन । यसअघि वरिष्ठ नेता रहेका राजेन्द्र श्रेष्ठलाई कार्यकारिणी समितिमा राखिएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend