फाइल तस्विर
दाङ २० साउन । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले मंसिर ४ गते हुने संघ र प्रदेश निर्वाचनमा जनताको लोकप्रिय मत र विश्वास लिएर सरकारको नेतृत्व गर्ने दावी गरेका छन्। नेकपा एमाले लुम्बिनी प्रदेश कमिटिले शुक्रबार घोराहीमा आयोजना गरेको प्रदेश स्तरीय प्रशिक्षण उद्घाटनका क्रममा उनले यस्तो बताएका हुन । उनले प्रदेश स्तरीय प्रशिक्षण उद्घाटनका क्रममा भब्य सम्बोधन गदै जनताको जनादेश लिएर एमाले मुल ढोकाबाट सिंहदरबार प्रवेश गर्ने बताए ।
हामीलाई सरकारमा जान हतारो छैन। तर, जनताको अभिमत लिएर मुल ढोकाबाट सिंहदरबार प्रवेश गर्छौँ’उनले भने,सबै दल आ आफ्नो बहिखाता लिएर मैदानमा उत्रन्छन्। हामी पनि जान्छौँ। जनताले मूल्यांकन गर्छन्।’
जनतामा जाने निर्णय अग्रगामी भएको स्मरण गर्दै उनले सरकार चलाउन पार्टी भित्रबाट असहयोग भएपछी दुई पटक संसद विघटन गरेर जनतामा जाने निर्णय जायज भएको दावी गरे। ‘संसदीय प्रणालीमा प्रधानमन्त्रीलाई अधिकार हुन्छ। जनतामाझ जाने निर्णय लिन सकिन्छ।’
उनले विगत सम्झदै भने,’जनताको अदालतबाट उपयुक्त फैसला हुन्छ।’ नेकपा एमालेले स्थानीय तह निर्वाचनको समीक्षा र आगामी निर्वाचनलाई लक्षित गरेर देश व्यापी प्रशिक्षण आयोजना गरेको छ। पालिका, जिल्ला र प्रदेश स्तरमा यसखाले प्रशिक्षण चलिरहेको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend