आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

एमालेका सचिव टोपबहादुर रायमाझीले जंगिदै फर्काए यस्तो जवाफ

एमालेका सचिव टोपबहादुर रायमाझीले जंगिदै फर्काए यस्तो जवाफ

 

 

काठमाडौं, १६ साउन । नेकपा (एमाले) का सचिव तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले आफ्नो पार्टी कमजोर नभएको बताएका छन् । उनले भने,‘एमाले कमजोर भएको भए उनीहरुलाई किन गठबनधन चाहिन्थ्यो त रु एक्लाएक्लै चुनाव लडेर, आफ्नो एजेण्डा लिएर जनतामा गए हुन्थ्यो नि ।’

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले पाँच दलीय गठबन्धनमा आवद्ध दलहरुले एमालेसँग एक्लाएक्लै लड्न आँट नगरेको जिकिर गरे । पत्रकार धमलाले आगामी संघ र प्रदेशको निर्वाचन एमाले कोल्याप्स हुँदैछ अरे नि रु भनेर सोधेको प्रश्नमा उनले आक्रोशयुक्त जवाफ फर्काए ।

उनले भने,‘यो त गठबन्धनका साथीहरुको मनको लड्डु घ्युसँग खानुजस्तै हो । एक्लाएक्लै लडौं न, एमालेले सबैलाई एउटै डस्टबिनमा हालिदिन्छ । हामी सके बहुमत नभए पहिलो दल भएर देखाईदिन्छ ।’ उनले कांग्रेसका सभापति शेरबहादुर देउवाले त एमालेसँग एक्लै लड्ने आँट नगरेको अवस्थामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले तेस्रो हुन्छ भन्नु नौलो कुरा नभएको जिकिर गरे ।

उनले एमालेले अपवित्र गठबन्धन भने नगर्ने स्पष्ट पारे । उनले आफूहरुलाई आफ्ना एजेण्डाप्रति पूर्ण विश्वास रहेकोले जनताको माँझ शानदार ढंगले जाने बताए । उनले आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउने दाबी गरे । उनले अहिलेको गठबन्धनलाई देश लुट्नेको संज्ञा दिए । उनले आफू जीवनमा आठरदश वटा मन्त्रालयको नेतृत्वमा पुगेको र उक्त कार्यकालमा एउटा पनि भ्रष्टाचार नगरेको दाबी गरे ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend