शनिबार, कार्तिक १५ २०८३

शनिबार, कार्तिक १५ २०८३

नेता वामदेव गौतम एमालेमै, चरित्र हत्या गर्न खोजिएको भन्दै आपत्ति

नेता वामदेव गौतम एमालेमै, चरित्र हत्या गर्न खोजिएको भन्दै आपत्ति

 

काठमाडौं।नेकपा एमाले नेता वामदेव गौतम एमालेमै रहेको उनको सचिवालयले जनाएको छ । एमाले उपाध्यक्ष गौतम नेकपा एकीकृत समाजवादीमा गइसकेको भन्दै प्रचार गरेर चरित्र हत्या गर्न खोजिएको भन्दैस चिवालयले सामाजिक सञ्जाल मार्फत आपत्ति जनाएको छ ।

पत्रपत्रिका तथा सामाजिक सञ्जालमा बामदेव गौतमको नाम जोडेर नव गठित नेकपा एकीकृत समाजवादी पार्टीमा गइसकेको भन्दै फोटो सहितको ब्यानर प्रकाशित भएकोमा ध्यानाकर्षण भएको बताइएको छ ।

स्वकीय सचिव दीपक टमाटाले वामदेव गौतम अहिले सम्म एमालेमै रहेको र नेकपा एमाले नेतृत्वको कार्यशैली प्रति लामो समयदेखि मतभेद राख्दै आएको कुरा पनि स्वाभाविक रहेको बताएका छन् । बजारमा भइरहेको प्रचारप्रसारमा कुनै सत्यता नरहेको पनि उनले प्रस्ट्याएका छन ।

गत साता मात्रै गौतमले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गठन गर्न लागेको नेकपा एकीकृत समाजवादीलाई आफ्नो समर्थन रहने जनाएका थिए । यस अघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग विवाद भएपनि गौतम केही बैठकमा उपस्थित भएका थिए ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend