सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

पहिचानको मार्गमा रातो धमिराको रजाई

पहिचानको मार्गमा रातो धमिराको रजाई

बिष्णु प्रसाद शर्मा,

 

भर्खरै पानी परेर रोकिए पछि उदय  हुने घामका किरणले जसरी चम्किलो बातावरणको अनावरण गर्दछ । त्यसै गरि हिन्दू अनि बौध्द धर्मावलम्वीहरुको तीर्थ स्ल खोजरनाथ, कैलाश मानसरोवरले झलमल्ल बनाएको शिव परिवारको मुख्य निवास ,स्थान कैलाश पर्वत समुन्द्री सतहवाट ६,७१४ मिटर उचाइमा रहेको छ । वायुयानमा चढि दक्षिण दिशावाट अबलोकन गर्दा हिमालय पर्वतहरुको माझमा वरीपरि नहर जस्तो सोतो पारेर बीचमा उठेको कैलाश पर्वत स्वयम नै सेतो स्फटिक शिवलिङ्गको आकारमा देखिन्छ ।

दक्षिणतिर नै चट्टानहरु तह तह परी कैलाश पर्वतको शिर सम्म सिंढी सिंढी परेको देखिन्छ । जहाँबाट आरोहण गरी मर्यादा पुरुषोत्तम राम चन्द्र बैकुण्ठधाम र धर्मराज युधिष्ठिर स्वर्ग पुगेको तथा बौध्द मनिषि मिलारेपारे निर्वाण प्राप्त गरेको बताइन्छ । अहिले कैलाश पर्वत आरोहण गर्न अनुमति दिइदैन । पर्वतलाई परिक्रमा सम्म गर्न सकिन्छ । खस राम्राज्यको इतिहास पृ १७४,१७५ हाल नेपालमा बैरी फिरंगीहरुको बिगबिगी रहेको छ र सगरमाथामा समेत सहजरुपले पुग्ने ब्यवस्था दलीयताले गरेको हँुदा चीनले कडाइ गरेको छ ।
नेपाली भएर नेपालमा जन्म लिन पाउनु ठूलै त्याग र तपश्याले मात्रै पाइन्छ । यो बास्तबिकताको हामीले ख्याल गर्न नसक्नुलाई ठूलो भुल हो भनेर बुझनु जरुरी हुन्छ । कैलाश मानसरोवरबाट चार वटा ठूला नदीको उत्पत्ति भएको छ । ब्रहमपुत्र पूर्वतर्फ, कर्णाली दक्षिणतर्फ र सिन्धु र सतजल पश्चिमतर्फ बग्न सुरु गरेका छन । पूर्वमा टिष्टा र पश्चिममा सतजल सम्म नेपालको भू भाग थियो दक्षिणमा गंगा उत्तरमा हिमालय पर सम्मको भू भागलाई १९५० को सन्धिले खुम्च्याएको थियो । लिम्पियाधुरा कालापानी नेपालकै भू भाग हो र यही ठाउँमा छिमेकी देशहरुले किचोला गरिरहेका छन ।

जुन ठाउँबाट मानसरोवर धेरै नजिक पर्दछ । नेपालको माटोको पबित्रतालाई धुलिन बनाउन बैरी फिरंगीहरु हात धोएर लागी परेका थिए तर राजसंस्थाले बिफल गराउँदै आएको थियो । ०६३ पछि राजसंस्था र हिन्दु अधिराज्यलाई सिध्याउने काम उनीहरु कै योजना मुताबिक भयो यो कार्य नै नेपाल र नेपालीका लागी आत्मघाती साबित भयो । धातुका सर सामान नेपाली बजारमा बिक्रि हुन छाड्यो । गुनिउ चोली, सारी र धोती पछ्यौराहरु पहिरीन छाडियो भने नेपाली पोशाक दौरा सुरुवालको तेजोवध गरियो । यो नै पहिचानको मार्गमा रातो धमिराको रजाई भएको हो ।

ब्रहमाजीका मानसवाट सिर्जित मानसरोवरलाई मानिन्छ । भगवान बिष्णुले मत्स्यावतार यही सरोवरमा लिएको पौराणिक भनाई रहेको छ । शिवजीका जराबाट गंगाको निष्क्रमण सम्बन्धी उखान कर्णाली नदी संग मेल खान्छ । कर्णाली गंगा नदी प्रणालीको एउटा प्रमुख नदीका रुपमा प्रवाहित छ । नेपाललाई ऋषि महर्षिहरुले पबित्रता बनाएका हुन भनेर भनिन्छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend