काठमाडौं ८ साउन । विदेशस्थित नेपाली दूतावास रहेका पाँच नियोगबाट घरेलु कामदारको सुरक्षणबापत सम्बन्धित रोजगारदाताबाट सङ्कलन गरेको ८ करोड ४९ लाख वित्तीय विवरण लुकाएको पाइएको छ।
ओमान, बहराइन, इजिप्ट र आबुधाबीसमेत ४ नियोगले घरेलु कामदारको रकम कतै समावेश नगरेको भेटिएको महालेखा कार्यालयको प्रतिवेदनले औँल्याएको छ । नेपाली नियोगले विनियोजनतपर्क वर्षान्तमा निकासामध्ये खर्च भई बाँकी रकम तथा राजस्व रकम वर्षान्तमा दाखिला नगरी अर्को आर्थिक वर्षको प्रथम रदोस्रो चौमासिक निकासाबाट मन्त्रालयले कट्टा गरी हिसाब मिलान गरेको देखिएको छ। ुउपर्युक्त स्थितिमा मन्त्रालय र नियोगले देखाएको खर्च तथा राजस्व भिडान नहुने समस्या रहेको छ,ु महालेखाले प्रतिवेदनमा भनिएको छ। आजको राजधानी दैनिकमा समाचार छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend