काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही नेताहरुले अर्को फुटका लागि फेरि एकताको अभियान सुरु गरेको टिप्पणी गरेका छन् । उनले पूर्व नेकपाका नेताहरुले थालेको अभियानप्रति संकेत गर्दै त्यो अभियान एकताका लागि नभई अर्को फुटका लागि भएको दावी गरे ।
‘तपाईहरुले आजका सञ्चारमाध्यम हेर्नुभएको होला । त्यो एकताको लागि होइन, फेरि अर्को फुटका लागि एकताको अभियान सुरु’अध्यक्ष ओलीले जोसँग उन्नत विचार र सिद्धान्त छ उही व्यवस्थापनमा असफल हुने गरेको भन्दै त्यसतर्फ सचेत रहन एमाले नेता कार्यकर्ताहरूलाई निर्देशन पनि दिए ।
बुधबार एमाले बागमती प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्दै लेनिनवादीहरु विचार र सिद्धान्तमा उत्कृष्ट हुने भएपनि व्यवस्थापनमा कमजोर हुने गरेको पनि बताए । ‘यसका लागि के हो कम्युनिस्ट र वामपन्थ यसप्रति सजग हुन जरुरी छ’, ओलीले भने नबुझेर बोल्ने कुरा बेग्लै भएको भन्दै मार्क्सवादले शोषित र शासित हुने कल्पना नगरेको बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend