आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद अनिलकुमार झाले राखे यस्तो माग

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद अनिलकुमार झाले राखे यस्तो माग

 

 

काठमाडौं । प्रतिनिधि सभाका सदस्य अनिलकुमार झाले तराईका किसानका लागि सरकारले तत्काल राहतका कार्यक्रम ल्याउनुपर्ने माग गरेका छन्।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद झाले जलवायु परिवर्तनका कारण तराईका अधिकांश जिल्लामा रोपाइँ हुन नसकेको भन्दै राहतका कार्यक्रम ल्याउन सरकारसँग माग गरेका हुन्।

रोपाइँ भएका ठाउँहरुमासमेत खेतमै धान सुकेको र बाँकी खेतमा पनि धानको बेर्ना सुकेर रोपाइँ हुन नसकेको उनको दाबी छ।

उनले डिजेल, मलखादको अभाव भएको भन्दै किसानहरु मारमा परेको बताए। विशेषगरी मधेश र देशभरका किसानहरुका बारेमा राज्यले सोच्नु पर्ने उनको भनाइ छ।

यस विषयमा सभामुखमार्फत् कृषिमन्त्रीको ध्यानाकर्षण होस् भन्दै चुरे क्षेत्रको दोहोन भएको, नदीहरुको सतह बढेको, हिमताल र हिमालय क्षेत्रमा देखा परेको समस्याका कारण किसानलाई मार परेकाले राहत दिनुपर्ने उनले बताए।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend