काठमाडौं । नेकपा एमालेले बुधबार वागमती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम गर्दैछ । काठमाडौंस्थित प्रज्ञा भवनमा हुने वागमती प्रदेशस्तरीय प्रशिक्षणमा करिव १४ सय प्रतिनिधि सहभागी हुने एमाले नेता आनन्द पोखरेलले जानकारी दिए । प्रदेशका अध्यक्ष, उपाध्यक्ष,जिल्लाका पदाधिकारी,जनवर्गीय संगठनका केन्द्रीय प्रतिनिधि, प्रदेश कमिटीका अध्यक्ष, पालिका अध्यक्ष लगायतलाई एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र नेता काशीनाथ अधिकारीले प्रशिक्षण दिनेछन् ।यसअघि एमालेले मधेसको जनकपुर र एक नम्बर प्रदेशको विराटनगरमा प्रशिक्षण गरिसकेको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend