आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

सेती नदीले सडक कटान गरेपछि बझाङमा यातायात बन्द

सेती नदीले सडक कटान गरेपछि बझाङमा यातायात बन्द

बझाङ । सेती नदीले सडक कटान गरेको छ। नदीमा पानीको बहाव बढेपछि सदरमुकाम चैनपुर जोड्ने सडक कटान हुन थालेको हो।

नदीको पानीले जयपृथ्वी राजमार्ग अन्तर्गत जालेजगरमा सडक कटान गरेपछि यातायात बन्द भएका छन्। जिल्ला प्रहरी कार्यालय बझाङका डीएसपी ज्ञानबहादुर विष्टका अनुसार जाले बगरमा सडक कटान हुन थालेको छ।

अहिले साना सवारी आवतजावत भइरहे पनि ठूला सवारी ठप्प छन्। पानीको बहावलाई हेर्दा उक्त सडक अझै कटान हुने अनुमान गरिएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend